Aamsanchar

मध्यरातमा धरानको सेउती पुलमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु

Author Image
शनिवार, चैत ३०, २०७५

सुनसरी,

धरान उपमहानगरपालिका–८ स्थित सेउती पुलमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कारमा सवार इटहरी उपमहानगरपालिका–५ का अनिल श्रेष्ठ, ठेगाना नखुलेका जनक बुढाथोकी र मदन लिम्बु रहेका छन्। कारका चालक गोविन्द बस्नेत गम्भीर घाइते भएका छन्।

शुक्रबार राति साढे ११ बजे धरानबाट इटहरीतर्फ आउँदै गरेको मे १ त ६६९२ नम्बरको ट्रयाक्टरको ट्रलीमा बा २० च ४०७६ नम्वरको कार ठोक्किएको प्रहरीले जनाएको छ। ट्रयाक्टरमा ठोक्किएको कार उछिट्टिएर इटहरीबाट धरान जाँदै गरेको अर्को को १ ख ४७६१ नम्बरको बसमा ठोक्एिको थियो।

कारमा सवार ३ जनामध्ये एक जनाको घटनास्थलमै र बाँकी दुई जनाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।

Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर