Aamsanchar

पूर्वराजाद्धारा नयाँ वर्षको शुभकामना

Author Image
शनिवार, चैत ३०, २०७५

काठमाण्डौं ।

पूर्वराजा ज्ञानेन्द्र शाहले विगतमा भएका कमिकमजोरी भए पनि त्यसको आत्म समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

वि.सं. २०७६ सालको शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले मुलुकको वृहत्तर हित र राष्ट्रिय एकताका लागि हामी सबै निष्टावान हुनु र एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताए ।

मुलुकप्रति आफ्नो आस्था र निष्ठा अडिग रहेको बताएका पूर्वराजा शाहले देश सुहाउँदो प्रजातान्त्रिक मूल्य मान्यतामा आधारित राजनीति, शक्ति पृथकिकरणको सिद्धान्तअनुरुप कार्यापालिका, व्यवस्थापिका र न्यायपालिका सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् ।

उनले जनताको घरदैलोमा पुग्दा अनगिन्ती समस्या र पीडा रहेको पाएको बताउँदै शुभकामना सन्देशमा लेखेका छन्, ‘लाखौं नेपाली काम, दाम र मामका निम्ती विदेशी भूमिमा भौतारिनुपर्ने ? देशमै शिक्षा, स्वास्थ्य एवम् मानवोचित सुख र शान्ति प्राप्त हुन नसक्ने यस्तो नाजुक अवस्था कहिलेसम्म रहने ?

Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर