धरान ।
मंगलबार राति परेको चट्याङले एक परिवार विस्थापित नै गराएको छ । तेह्रथुम चुङवाङ घर भई धरान–६ पानवारीमा डेरा गरि बस्ने शिला लिम्बूको परिवार विस्थापित भएको हो । मंगलबार राति परेको चट्याङले लिम्बू बस्दै आएको घरको छत प्वाल पारी कोठा भित्र आगलागी भएको प्रहरी चौकी पानवारीका सई भेषबहादुर राउतले बताए ।
आगलागीबाट लिम्बूको कोठामा भएका लत्ताकपडा, खाद्यान लगायत सबै सामान जलेर पूर्ण रुपमा नस्ट भएको छ । पिडीत शिला लिम्बूले भनिन् –‘जिउमा लगाएको लुगा बाहेक सम्पूर्ण सामान जलेर नष्ट भयो ।’ उनले भनिन् –‘देउरानी विरामी भएकोले उनलाई कुर्न अस्पताल गएकी थि“ए, कोठामा चट्याङले सबै सखाप बनाएछ ।’ उनी छोरालाई स्कूल पढाउन तेह्रथुमबाट धरान झरेकी हुन् । विगत ४ वर्षदेखि छोरालाई लिएर पानवारीमा बस्दै आएकी छन् । संयोगबस लिम्बूको परिवारको ज्यान भने बचेको छ ।
लिम्बूका श्रीमान् वैदेशीक रोजगारीमा छन् । मंगलबार राति घरबेटी राखुमाया राईलाई छोरा छोडेर लिम्बू विरामी देउरानी कुर्न वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान पुगेकी थिइन् । कोठामा कोही नभएको बेला चट्याङ परेकोले मानवीय क्षती नभए पनि लिम्बूको परिवार नै विस्थापित भएको वडाध्यक्ष भुवनसिहं बस्नेतले बताए । उनले विस्थापित परिवारलाई राहत स्वरुप सिरक डसना उपलब्ध गराएको बताए । घटनाबाट करिव ६ लाख रुपैयाँ बराबरका धनमाल क्षती भएको प्रहरीले बताएको छ । चट्याङबाट घरमा गरेको वायरिङ सबै जलेको छ । औजारबाट साभार