Aamsanchar

१३१ व्यवसायी राजस्वको फन्दामा, १५ दिनभित्र कर नतिरे कारबाही

Author Image
सोमवार, वैशाख ९, २०७६

काठमाडौं–आन्तरिक राजस्व कार्यालय बाँकेले १३१ व्यवसायीलाई कर बक्यौता रकम दाखिला गर्न ताकेता गरेको छ ।
आज एक सूचना प्रकाशित गरेर आन्तरिक राजस्व कार्यालय बाँकेले आयकर र मूल्य अभिवृद्धिकरमा दर्ता भएका बाँके र बर्दियाका १३१ व्यापारी तथा व्यवसायीलाई १५ दिनभित्र बक्यौत कर तिर्न भनेको छ । १५ दिन भित्र नतिरे उनीहरुलाई कारबाही गरिने आन्तरिक राजस्व कार्यालय बाँकेले जनाएको छ ।

उनीहरुलाई कार्यालयले पटक(पटक पत्राचार तथा फोन गर्दा समेत बक्यौता रकम दाखिला गर्न नआएको र कतिपय करदाता सम्पर्कमा समेत नआएकाले उनीहरुको नाम प्रकाशित गरेर कार्यालयले सूचना नै जारी गरेको छ ।

१५ दिनभित्र कर तिर्न नआए ती व्यवसायीको आयात निर्यात रोक्का गर्ने, बैंक खाता रोक्का गर्ने, चल र अचल सम्पत्ति रोक्का तथा लिलाम बिक्री गरी कानुनी कारबाही गरिने जनाइएको छ ।

सरकारले पछिल्लो दिनमा कर नतिर्नेलाई सार्वजनिक सूचना जारी गदै ताकेता गर्न थालेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर