Aamsanchar

चट्याङले झापामा फेरि एक जनाको ज्यान लियो

Author Image
शुक्रवार, वैशाख १३, २०७६

भद्रपुर । चट्याङ लागेर झापाको भद्रपुरमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका ६ नयाँबारी बस्ने ३२ बर्षीय भीम राजवंशी रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार घरभित्रै सुतिरहेका राजवंशीलाई शुक्रवार विहान २ बजे बर्षासँगै परेको चट्याङले हानेका थिए ।

चट्याङ लागेर गम्भिर घाइते भएका राजवंशीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । गत चैत २३ गते चट्याङ लागेर मेचीनगर नगरपालिका १५ ज्यामिरगढी बस्ने ४० बर्षीय प्रकाश राउतको मृत्यु भएको थियो । चट्याङ लागेर मृतक राउतका श्रीमती ३५ बर्षीया सुनिता राउत र उनका भाउजु ३६ बर्षीया मञ्जु राउत समेत घाइते भएकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)