Aamsanchar

मेचीनगर गोल्डकप: धरान र च्यासल भीड्दै

Author Image
शुक्रवार, वैशाख १३, २०७६

काँकरभिट्टा । झापाको काँकरभिट्टामा जारी चौथो मेचीनगर गोल्डकपमा आज धरान फुटबल क्लब, सुनसरी र च्यासल युथ क्लब काठमाण्डौं आमनेसामने हुँदैछन् ।

खेल दिउँसो ४ बजे काँकरभिट्टा माविको खेलमैदानमा हुनेछ । विजयी टोलीले आगामी आइतबार विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नुपर्नेछ ।

प्रतियोगितामा नेपालका आठ, पारो एफसी भुटान र क्यामरुनको दाउफिन्स फुटबल क्लबको सहभागिता रहेको छ । उद्घाटन खेल आयोजक काँकडभिटा फुटबल ट्रनिङ सेन्टरले क्यामरुनको दाउफिन्स एफसीलाई पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरिसकेको छ ।

गोल्डकप विजेताले नगद १० लाख १ हजार रुपैयाँ र उपविजेताले नगद ५ लाख १ हजार रुपैयाँ सहित ट्रफी पाउनेछन् । गोल्डकपको उत्कृष्ट खेलाडीले नगद १ लाख १ हजार पाउँदा प्रत्येक खेलको म्यान अफ दी म्याचले ११ हजार नगद पाउनेछ । त्यस्तै, बेस्ट फरवार्ड, बेस्ट मिडफिल्ड, बेस्ट डिफेन्डर्स, बेस्ट कोच, बेस्ट गोलकिपर र राइजिङ प्लेयरले जनही २१ हजार पाउने छन् ।

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले यसअघि काँकरभिट्टा गोल्डकपको नामले प्रतियोगिता सञ्चालन गर्दै आएको भएपनि यस पटकबाट उक्त प्रतियोगिता मेचीनगर गोल्डकपका नामले सुरु भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर