Aamsanchar

बिर्तामोडमा सकारात्मक सोच विकास विषयमा अन्तक्रिया सम्पन्न

Author Image
शनिवार, वैशाख १४, २०७६


चारपाने, बैशाख १४ । कर्ण सकारात्मक कोष र बिर्तामोड उद्योग बाणिज्य संघको आयोजनामा बिर्तामोड स्थित होटल गृन प्यालेसमा शनिबार अत्तरक्रिया सम्पन्न भएको छ ।

उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नेपालका चर्चित लेखक तथा पर्यटन व्यवसायी कर्ण शाक्यले सहजिकरण गरेका थिए ।

कर्ण सकारात्मक कोषले सकारात्मक सोच हरेक नागरिकमा भए मात्र देश र नागरिक सक्षम बनाउन सकिन्छ भन्ने उदेश्यका साथ सुरु गरेको अभियान हो । सकारात्मक सोचको विकास र चेतना फैलाउने उदेश्यमा हालसम्म देशका ८० स्थानमा समिति पनि गठन भईसको र विदेशमा १२ वटा समिति गठन भईसकेको बताईएको छ ।

‘अरुको आँखाबाट हेर्न सकु, अरुको कानबाट सुन्न सकु, अरुको मनबाट मनन गर्न सकु‘ भन्ने मुल मर्मलाई आत्मसाथ गर्न सक्नु नै जीवन यथार्थ हो भन्ने लगायतका बिषय अन्तरक्रिया समावेस भएको थियो ।

कर्ण सकारात्मक कोषले हरेक नया“ बर्षको दिन सकारात्मक दिवस मनाउने, बिद्यालयमा नैतिक सामाजिक विषयलाई पुन मान्यता दिनु पर्ने जस्ता सकारात्मक विषयहरुलाई स्थापित गर्न लागि परेको र सफता प्राप्तहुनेमा विश्वस्त रहेको ७७ बर्षको उमेरमा पनि युवा झै जोस जागरका साथ अभियनमा निस्केका सकारात्मक सोचका अभियन्ता सहजकर्ता शाक्यले बताए ।

७० जना भन्दा बढीको सहभागिता रहेको कार्यक्रमा बिर्तामोड उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकास शिवाकोटीले स्वागत मन्तव्य र कार्यक्रमको संचालन कर्ण सकारात्मक कोष सचिव गुणराज प्याकुरेलले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 290

प्रतिक्रिया (०)

सम्बन्धित खबर