बिनोद पाण्डे
चारपाने, बैशाख १४ । कुर्पी परिसकेको शरिर, चाउरी परेको गाला भएपनी युवा झै उमंगित हुदै ओठमा मुस्कान छर्दे पुरुषहरु एक आपसमा हात मिलाउदै महिलाहरु मुखमा हात गलेर हास्दै थिए । सयौं ज्येष्ठ नागरिकहरु एकै ठाउ“मा भेलाहु“दा सो स्थान पवित्र तिर्थ स्थल झै बनेको थियो ।
सभाहलको माहोल रमाईलो थियो । बाल्यकालमा संगै खेलेका घा“स दाउरा गरेका साथीहरु समय क्रम संगै आआफ्नो व्यावहारले टाढा हुन पुगेका र पछिल्लो समयमा बुढौलीका कारण घर आगन भन्दा पर जान नसकी र एक आपसमा भेटहुन नसकिरहेका साथी भाई ईष्टमित्र भेटघाटको माध्ययम बनाउन वृद्धवृद्धालाई वडाको मध्येभागमा रहेको बैशाबाडीमा भेला गराईएका ज्येष्ठ नागरिकमा देखिएको खुशी सब्द हो ।
अर्जुनधारा नगरपालिकाले नगरका ७० बर्ष भन्दा माथीका नागरिकलाई सम्मान गर्ने कार्यक्रम अन्तरगत शनिबार अर्जुनारा नगरपालिका वडा नं. ५ ले आफ्नो वडाका चारसय भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
वडा नं. ५ को आयोजनामा भएको कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष ध्यानबहादुर भारतीले गरेका थिए । कार्यक्रममा प्रमुख आतिथ्य अर्जुनधरा नगरपालिका उपप्रमुख कमला आचार्यको रहेको थियो ।
वडामा रहेका ४८० ज्येष्ठ नागरिक मध्ये चार सको हाराहारिमा उपस्थित भएका ज्येष्ठ नागरिकलाई दोसल्ला, टोपी लगाएर र फलफुल, जुस खुवाएर सम्मान गरिएको थियो । कार्यक्रममा दुर्गा मन्दिर बैशाबाडीका अध्यक्ष अमरद्विप भेटवाल, वडा सदस्य कुन्दन भट्टराई लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन कृष्ण पौडेलले गरेका थिए ।
Attachments area
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 199