Aamsanchar

जेहेन्दार तथा आर्थिक विपन्न विद्यार्थी छात्रवृत्ति कोषको सहयोगार्थ साँस्कृतिक कार्यक्रम हुदै

Author Image
बिहिवार, वैशाख १९, २०७६

सुर्य खवास / युएई,

युएईलाई कार्य क्षेत्र बनाई श्रमशिल तनहुँबासिको साझा संस्था “तनहुँ सेवा समाज युएई” द्वारा “जेहेन्दार तथा आर्थिक विपन्न विद्यार्थी छात्रवृत्ति कोष ” को सहयोगार्थ आयोजित “नयाँ वर्ष साँस्कृतिक रमझम २०७६” को तयारी पुरा भएको जनाएको छ ।

“देउरालिको भट्टी…., चरी रुखमा……, झल्को लाग्छ….., छ माया छन त…..” जस्ता लोकप्रिय दोहोरी गितकी ख्याति प्राप्त लोक दोहोरी गायिका देवी घर्ति मगर, गायक राजु ढकाल एवं उदयमान गायिका कला लम्सालको बेजोड प्रस्तुती रहने उक्त कार्यक्रममा युएईमा कृयाशिल कलाकारहरूको समेत प्रस्तुति रहने समाजका सचीव सुरिन भुजेलले जानकारी दिए ।

युएईको देरा दुबई स्थित कार्ल्टन टावर होटलमा आगामी शुक्रवार ३ मे २०१९ का दिन आयोजना हुने उक्त कार्यक्रममा नेपाली मौलिक लोक नृत्य, लाखे नाच, कौराह नाच र पन्चेबाजा सहित विभिन्न लोक नृत्यहरु हेर्न पाईने छ । आयोजकले परोपकारी कार्यको सहयोगार्थ आयोजना गरिएको उक्त सांस्कृतिक कार्यक्रममा सहभागी भैदिन युएईमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनिहरुलाई अपिल गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 216

प्रतिक्रिया (०)

सम्बन्धित खबर