फुटबलर क्रिष्टियानो रोनाल्डोले संसारकै सबैभन्दा महंगो कार किनेका छन् । उनले बुगाटी ला भुइचर नोयर कार किनेको बताइएको छ । डेलिमेलका अनुसार यो कारको ( मूल्य ९५ लाख पाउण्ड ९१ अर्ब ३८ करोड २५ लाख नेपाली रुपैयाँ ) पर्छ । यो अहिलेसम्म बनेका कारहरुमध्ये सबैभन्दा महंगो कार हो ।

यो कार बजारमा आइसकेको छैन । पहिलोपटक यो कार जेनेभा मोटर शो २०१९ मा प्रदर्शन गरिएको थियो । बुगाटीले अहिले यो कारको एक मात्र प्रोटोटाइप निर्माण गरेको बताइएको छ । कम्पनीको ११० औं स्थापना दिवसको अवसरमा बनाइएको यही एकमात्र सुपरकार रोनाल्डोले किनेका हुन् । रोनाल्डो महंगा कारका सौखिन छन् र नको कलेक्सनमा पहिल्यै महंगा कारहरु छन् ।
Views: 167

