Aamsanchar

रक्सीले होकी नियतले हो, राति १२ बजे छात्राको कोठामा शिक्षक पुगेपछि…………

Author Image
मङ्गलवार, वैशाख २४, २०७६

सिन्धुली । दुई बालिकालाई मदिरा सेवन गरी रातको साढे १२ बजे कोठामा गई यौन दुव्र्यवहार गर्ने एक शिक्षकविरुद्ध जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा मुद्दा दर्ता भएको छ ।

बाल सञ्जालको सक्रियतामा फिक्कल गाउँपालिका वडा नंं ३ घर भई सोहि ठाउँको माध्यमिक विद्यालय रातमाटा खोलागाउँमा प्राथामिक तहमा पढाउने शिक्षक ४५ वर्षीय चिरञ्जीवी पहाडीलाई बाल यौन दुव्र्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा आइतबार मुद्दा दर्ता भएको हो ।

शिक्षक पहाडीलाई उनैले पढाएका १४ र १५ वर्षका पूर्वछात्राहरुलाई दुव्र्यवहार गरेको आरोप लागेको छ ।

पीडित बालिकाहरुका बाबु तथा फुपाजुसँग बसी पीडितकै घरमा मदिरा सेवन गरेको र बाबु अर्धचेत अवस्थामा लडेपछि बालिकाहरु सुतेको कोठामा गई ढोका खोल्न लगाई दुव्र्यवहार गरेको भन्दै पीडितले मुद्दा दिईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी चक्र बहादुरसिंहले बताउनुभयो ।

पीडक पहाडी फरार रहेको र सो घटनाको अनुसन्धान शुरु गरिएको सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाको बारेमा बैशाख १४ गते नै वडाध्यक्ष टेकबहादुर रजन मगरलाई पीडित पक्षले लिखित जानकारी गराएका थिए । घटनामा राजनीतिक दवाव आएको र उचित छानविनमा समस्या भएको एसपी सिंहले बताउनुभएको समाचार राजधानी दैनिकले लेखेको छ ।

Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर