Aamsanchar

नेपाललाई दुईवटा रेल डिब्बा प्राप्त

Author Image
शनिवार, वैशाख २८, २०७६

वैशाख, २८  । भारतले नेपाललाई रेलका दुई वटा डिब्बा दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । शुक्रबार नेपालको रेलवे र भारतीय कम्पनीबीच यो सम्झौता भएको हो ।

सम्झौतापत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारी र नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीको उपस्थितिमा कोंकोण कम्पनीका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

यो सम्झौता अनुसार भारतले १६०० हर्षपावरका दुई वटा रेलका डिब्बा दिने छ । यी डिब्बा नेपालको कुर्था र भारतको जयनगरबीच चल्नेछन् । जसमा एक ड्राइभिङ पावर कार, तीन ड्राइभिङ टेलर कार (एउटा एयर कन्डिसनयुक्त) र आधुनिक प्रविधियुक्त रहने छन् ।

यो डिब्बाको सेट तमिलनाडुको चेन्नाईस्थित इन्ट्रिग्रेटेड कोच फ्याक्ट्रीमा निर्माण हुनेछन् ।

नेपाल(भारत विकास साझेदारीअनुसार भारतीय वित्तीय अनुदानमा ३४ किलोमिटर लामो जयनगर(कुर्था रेलवे निर्माण गरिएको छ ।

Views: 337

प्रतिक्रिया (०)

सम्बन्धित खबर