Aamsanchar

स्मार्टफोनको ब्याट्री छिट्टै सकिएर चिन्तित हुनुहुन्छ?? बदल्नुस् यी बानी

Author Image
मङ्गलवार, वैशाख ३१, २०७६

स्मार्टफोनको ब्याट्री छिट्टै सकिएर चिन्तित हुनुहुन्छ??? अब चिन्ता लिनु पर्दैन ,तपाइको केही बानी सुधार्नुस समस्या समाधान हुनेछ।
स्मार्टफोन धेरै चलाउदा मानिसहरुको गुनासो हुन्छ, निकै छिटो ब्याट्री सकिने । यदि यो समस्या आफ्नो मात्र हो भन्ने लागेको छ भने ढुक्क हुनुहोस् कि धेरैले भोग्ने समस्या हो यो ।

स्मार्टफोनमा ब्याट्रीको चार्ज छिटो सकिने समस्याका कारण विभिन्न हुन सक्दछन् । ब्याट्री बिग्रिनु वा स्मार्टफोनमा अरु कुनै प्राविधिक समस्या आउँदा पनि यस्तो हुन सक्दछ । र, कतिपय अवस्थामा स्मार्टफोन प्रयोगकर्ताका केही आनीबानीका कारण पनि यस्तो हुन सक्दछ । त्यसैले ब्याट्रीको आयु बढाउनका लागि स्मार्टफोन प्रयोगकर्ताले आफ्ना यी आनीबानी हटाउनु पर्दछः

१.लाइभ वालपेपर हटाउनुहोस् स् फोनको स्क्रिनमा तैरिरहेको माछा वा अरु कुनै लाइभ वालपेपरको प्रयोग गर्नुहुन्छ रु यदि त्यसो हो भने त्यसलाई हटाउनुहोस् । किनकि यस्तो चल वालपेपरले स्मार्टफोनको ब्याट्री धेरै खपत गर्दछ । यसको साटो गाढा रङको फोटोको वालपेपर राख्न सकिन्छ ।

२. स्क्रिनको चहकिलोपना कम गर्ने स् स्मार्टफोनको स्क्रिनले सबैभन्दा धेरै ब्याट्री खान्छ । स्क्रिन जति ठूलो तथा चमकदार हुन्छ र हाइ रिजोलुसनयुक्त हुन्छ उति नै धेरै ब्याट्री खपत हुन्छ । यदि तपाइँ फोनमा स्क्रिनको ब्राइटनेसका लागि अटो मोड छ भने त्यसको प्रयोग गर्नुहोस् र यदि छैन भने ब्राइटनेसलाई ५० प्रतिशतको आसपास राख्नुहोस्। यसबाट ब्याट्री कम खपत हुन्छ । साथै यसको अर्को फाइदा पनि हुन्छ, त्यो भनेको तपाइँको आँखाको स्वास्थ्यका लागि पनि फाइदा पुग्दछ । खास आवश्यकताको बेला, जस्तै घाममा मोबाइल हेर्नुपर्दा चाहीँ ब्राइटनेस बढाउन सकिन्छ ।

३.अनावश्यक एपहरुबाट बच्नुहोस् स् अहिले एपस्टोरहरुमा असंख्य र अनेक खालका एपहरु छन् र धेरै निस्शुल्क रहेका छन् । निस्शुल्क पाइने एपहरु सोचविचार नगरिकनै सबै भटाभट डाउनलोड गर्नुपर्दछ भन्ने होइन । आफ्नो स्मार्टफोनमा केवल कामलाग्ने वा अत्यावश्यक एपहरु मात्र डाउनलोड गर्नुहोस् । प्रयोगमा नआउने खालका एपहरु आफ्नो स्मार्टफोनबाट अनस्टल गर्नुपर्दछ ।

४.क्यामरा तथा भिडियो प्रयोग केहीबेर रोक्ने स् यदि तपाइँको फोनमा ब्याट्री कम बँचेको छ भने त्यस समयका लागि तपाइँ मोबाइलको क्यामरा तथा भिडियोको प्रयोग कम गर्न सक्नुहुन्छ । यसले तपाइँको ब्याट्रीको चार्ज केही समय बढी टिक्दछ ।

५.भाइब्रेसन मोडमा नराख्ने स् रिंगटोनको आवाजको तुलनामा भाइब्रेट हुँदा फोनको उर्जा धेरै खपत हुन्छ । त्यसैले यदि आफ्नो स्मार्टफोनको ब्याट्री धेरै टिकोस् भन्ने चाहनुहुन्छ भने फोनलाई भाइब्रेसन मोडमा नराख्नुहोस् ।

६.ब्लुटुथ, वाइफाइतथा मोबाइल डाटा स् आफ्नो स्मार्टफोनमा आवश्यकता बाहिरको समयमा ब्लुटुथ, वाइफाइ तथा मोबाइल डाटा अफ गर्नुहोस् । यदि सधै यी फिचर अन गर्ने बानी छ भने बानी फेर्नुहोस् । चाहिने बेला मात्र ब्लुटुथ, डाटा वा वाइफाइ अन गर्नुपर्दछ ।

७.लोकेसन सर्भिसन अफ गर्ने स् स्मार्टफोनमा सदैव लोकेसन सर्भिस अन गर्दा ब्याट्रीको खपत बढी हुन्छ । त्यसैले आवश्यकता नपरेको बेला फोनको लोकेसन सर्भिस अफ गरिराख्नु पर्दछ ।

एजेन्सी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर