Aamsanchar

विप्लव नेतृत्वको नेकपाका रोल्पा इन्चार्जसहित तीन नेता पक्राउ

Author Image
बिहिवार, जेठ २, २०७६

रोल्पा,

जिल्ला प्रहरी कार्यालय रोल्पाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा रोल्पाका इन्चार्ज जयप्रकाश रोका ‘प्रताप’, लुंग्री गाउँपालिकाका इन्चार्ज धनबहादुर खत्री ‘टाइगर’ र त्यसै गाउँपालिकाका सेक्रेटरी भुपेन्द्र खड्कालाई लुंग्री गाउँपालिका–१ ऐपेबाट बिहीबार पक्राउ गरेको छ ।

कार्यकर्ता भेटघाट कार्यक्रम गर्दैगर्दा सुराकीको आधारमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरी टोलीले कार्यक्रमस्थलबाटै पक्राउ गरेको नेकपा स्रोतले जनाएको छ । पक्राउ परेका नेताहरुलाई इलाका प्रहरी कार्यालय सुलिचौरमा राखिएको बताइएको छ ।

Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर