विराटनगर,
पुसको दोस्रो साता विराट नर्सिङ होममा दूरबिनबाट पित्तथैलीको शल्यक्रिया गरिएकी झापा, शान्तिनगर ७ की राधा निरौलाको घाउ अझै बिसेक भएको छैन।
डा. आरके साबुले राधाको पेटमा चारवटा प्वाल पारेर दूरबिनबाट पित्तथैलीको ढुंगा निकालेका थिए। कान्तिपुर दैनिकमा समाचार छ, ‘शल्यक्रिया गरेको अढाइ महिना नबित्दै चारवटै प्वालमा घाउ भयो’, चिकित्सकलाई देखाउँदा इन्फेक्सन भयो भनेर फेरि शल्यक्रिया गरियो।’ त्यसपछि एक महिनासम्म घाउमा ड्रेसिङ गराएको उनले बताइन्।
अहिले फेरि चारैवटा प्वालमा गाँठो पलाएपछि चिकित्सकले ती ठाउँमा २० वटा इन्जेक्सन लगाएको उनले बताइन्। एक महिनाको खाने औषधि दिएका छन्। गाँठा हराउनुको साटो छातीतिर पनि पलाउन थालेको उनले बताइन्। निरौला मात्र होइन पित्तथैलीको अप्रेसन गराएका विराटनगर ३ की ५५ वर्षीया सीता बस्नेत र विराटनगरकै दुर्गाबहादुर कार्कीको अवस्था पनि त्यस्तै छ।
यो नर्सिङ होममा असोजयता दूरबिनबाट पित्तथथैली, एपेण्डिसाइटिस र पाठेघरको शल्यक्रिया गएकामध्ये १०० जना यस्तै पीडा भोगिरहेका छन्। घाउमा इन्फेक्सन भएका कारण उनीहरू अस्पताल धाइरहेका छन्