झापा ।

शुक्रवार बेलुका पानीसँगै परेको चट्याङ लागेर झापामा एउटा घरमा क्षति पुग्नुका साथै चौपायाको मृत्यु भएको छ ।

झापाको गौरीगञ्ज गाउँपालिका १ स्थित होक्लाबारी झोडा बस्ने हरि थेवेको घरमा चट्याङ परेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
चट्याङ लागेर थेवेको घरको मिटर बक्स, टाटीको बेरा भएको भान्सा घर पूर्ण रुपमा क्षति हुनुका साथै गोठमा बाँधेको बाछोको मृत्यु भएको थियो । चट्याङबाट मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।

Views: 155

