Aamsanchar

(अपडेट) :काकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको बस त्रिशूलीमा खस्दा मृत्यु हुनेको सख्ंया ७ पुग्यो,

Author Image
आइतवार, जेठ ५, २०७६

धादिङ,

जेठ ५, २०७६ आइतबार

झापाको काकडभिट्टाबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबस त्रिशूली नदीमा बस खस्दा  ज्यान गुमाउनेको संख्या ७ जना पुगेको छ।

ज्यान गुमाउनेमा काठमाण्डौको चन्द्रागिरि नगरपालिकाकी ३५ वर्षकी सीता थपलिया, काठमाण्डौ थानकोटका ५१ वर्षका राजकुमार सुवेदी, कन्याम इलामका २० वर्षका विशाल गिरी र धादिङका राजन आचार्यको ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै प्रकाश श्रेष्ठ, शेखर मगरको परिचय खुले पनि ठेगाना खुलेको छैन । घाइते मध्ये १७ जनाको काठमाण्डौको ट्रमा सेन्टर तथा अन्यको धादिङको गुजरी र जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । बसमा कतिजना यात्रु थिए भन्ने खुलेको छैन ।

बसमा कतिजना सवार थिए भन्ने पनि अहिलेसम्म खुल्न सकेको छैन  काकडभिट्टाबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको रात्री बस बन्छेटारको घुम्तीबाट त्रिशूली नदीमा खसेको हो ।

Views: 209

प्रतिक्रिया (०)

सम्बन्धित खबर