Aamsanchar

पहाडको जरुवा पानी, बोटल र जारमा बिक्री हुदै

Author Image
आइतवार, जेठ ५, २०७६

बुद्धशान्ति । गर्मी बढे सगैं दैनिक पानीको माग पनि बढ्दो छ। यहि मागलाइ सम्बोधन गरिरहेको छ सुनमाई झरना ब्रान्डको पानीले, सुनमाई वाटर प्रा.लि.द्वारा झापा बुद्धशान्ति ७ मा उत्पादित सुनमाई झरना ब्रान्डको प्रशोधित पिउने पानि अहिल झापा र इलाममा दैनिक उपभोग भईरहेका छन। करिब अढाई करोड लगानीमा सञ्चालित उधोगले सिधै सुनमाई झरनाको पानि प्रसोधन गरेर बजारमा ल्याइरहेको छ।

झापामा सञ्चालित अरु पानी उधोगहरुले जमिनमुनिको पानि प्रशोधन गर्छन भने ,हामी सोझै झरना र पहराको पानीलाई प्रशोधन गरेर बजारमा ल्याइरहेका छौं, यो पहाडको जरुवा पानी हो, सञ्चालक सदस्य मिनप्रकाश मैनालीले भने ९स्वास्थ्यको दृष्टिकोणले हाम्रो पानी एकदम शुद छ।०

उधोग भन्दा ५ किलोमिटरको दूरीबाट पानी ल्याइएको छ। पानीलाई उपभोक्ताले ६ महिनासम्म प्रयोग गर्न सक्ने अर्का सञ्चालक सागर मैनाली बताउछन। चैतबाट सुरु यस उधोगले हाल दैनिक ५०० वटा जार र १००० कार्टुन पानी उत्पादन गर्दै आएको छ। खुद्रा ग्राहकहरुले अरु पानी जस्तै सुनमाई झरना पानीलाई २० रुपैया मै किन्न सक्नेछन भने व्यापारी र थोक बिक्रेताले भने अरु भन्दा २० रुपैंया बढि तिर्नुपर्ने उधोगका उत्पादन मेनेजर सुनिल भण्डारीले बताए।

बजारमा अरुको भन्दा हाम्रो पानी महगों लाग्न सक्छ तर गुणस्तर र लागत अनुसारकै मूल्य हामीले तोकेका छौ, भण्डारीले भने, हाम्रो पानीको गुणस्तर बिस्तारै उपभोक्ताले बुझदैछन। प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धि निर्देशिका २०७४ अनुसार सञ्चालनमा आएको उधोगमा स्थानिय १५ जनाले रोजगारी पाएका छन।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 405

प्रतिक्रिया (०)