झापा।
मौषमलाई तातो र चिसो बनाउन मात्रै नभई हाम्रो जिवन गुणस्तर बृदिका लागि पनि ए.सि.(एयर कन्डिसनर) अत्यावश्यक भएको छ। अफिस,अस्पताल,बैकं तथा वित्तिय सस्थांमा जसरी ए.सी.को प्रयोग गरिन्छ आजकल घर घरमा पनि ए.सी.को प्रयोग बढ्दो छ। अझ बिशेष गरी झापाको गर्मीमा त मौषमलाई चिसो बनाउन ए.सी.अनिवार्य जस्तै भएको छ।
यहि आवश्यकतालाई बुझेर झापा बिर्तामोडका ५ जना युवाले प्रदेश नम्वर एक मै पहिलो पटक टेस्ला ब्रान्डको ए.सी.को बिक्री बितरण सुरु गरेका छन। बिर्तामोडको लागी आधिकारिक बिक्रेता आरम्भ ईन्टरप्राइजेज मार्फत बिक्रि बितरण हुने छ।
बिर्तामोड उधोग वाणिज्य सघंका अध्यक्ष कुमार भटराइ र कम्पनिका ब्रान्ड एम्बसेडर अभिनेता सुरजसिहं ठकुरीले सयुक्तं रुपमा आरम्भ ईन्टरप्राइजेजको औपचारिक रुपमा उद्घाटन गरेका थिए।
टेस्लाको नेपालको लागि २२ औं आधिकारिक बिक्रेताको रुपमा सुरु भएको आरम्भ ईन्टरप्राइजेज बि एण्ड सि हस्पिटलको अगाडी रहेको छ।
कोरियाको लामो बसाईपछि नेपालमै केही गर्ने सोंचका साथ स्वदेश फर्किएका बिर्तामोडका नरहरी फुयांल,गोपीनाथ फुयांल,देबी रिजाल,सुशिला बास्कोंटा र हाल कोरिया मै रहेका नबिन बास्कोटांले करिब १ करोडको लगानीमा ए.सि. बिक्रि बितरण सुरु गरेका हुन।
AN ISO 9001;2015 टेस्ला ब्रान्डको ए.सि नेपालमा चितवनस्थित भुलक्ष्मी ग्रुप प्रालि ले बिक्री गर्दै आएको यसका सि इ ओ किरण आचार्यले बताए।