६ जेठ, विराटनगर ।
समग्र कृषि क्षेत्रको प्रबर्धन र बजारीकरणका लागि प्रदेश १ सरकारले कृषकहरुलाई २२ करोड ४० लाख रुपैयाँ अनुदान रकम वितरण गरेको छ ।
भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको वार्षिक कार्यक्रम अन्तर्गत पशुजन्य पदार्थ उत्पादन, बिबिधिकरण र बजारीकरणको प्रबर्धनका लागि १० लाखदेखि डेढ करोड रुपैयाँसम्म अनुदान दिएको जानकारी दिए ।
मन्त्रालयले पशुपन्छी व्यवसाय प्रबर्धन कार्याक्रम, मिल्क एनालाइजेर वितरण कार्यक्रम र पशु स्वास्थ्य कार्यक्रम अन्तर्गत कृषि क्षेत्रमा आवद्ध कृषक, कृषक समूह, सहकारी, व्यवसायी र्फमलाई ७० प्रतिशतसम्म अनुदान रकम दिएको हो । मन्त्रालयले पशुजन्य पदार्थ उत्पादन, बिबिधिकरण र बजारीकरण, बधशाला स्थापना, मासु चिस्यान घर, दूध ढुवानी साधन खरिदलगायतका १४ वटा कार्यक्रमका लागि कृषकहरुलाई अनुदान दिएको हो ।
विभन्न १४ वटा कार्यक्रम अन्तर्गत प्रस्ताव आब्हानका क्रममा ३ सय १३ वटा प्रस्ताव मन्त्रालयमा परेका थिए । जसमध्ये कार्यक्रमका लागि सम्पूर्ण मापदण्ड पुरा गरेका १०४ वटा प्रस्ताव मन्त्रालयले स्वीकृत गरेको सूचना अधिकारी खत्रीले जानकारी दिए ।