Aamsanchar

४०० बिधार्थीको ४ करोड डलर ऋण तिरिदिने मनकारी अर्बपति

Author Image
मङ्गलवार, जेठ ७, २०७६

एजेन्सी

प्राविधिक उद्योगका अर्बपति रोबर्ट एफ स्मिथले जर्जियाको राजधानी एट्लान्टाका विद्यार्थीले पढाइका निम्ति लिएका ऋण तिरिदिने घोषणा गरेका छन्। । सो खबर सुनिसकेपछि २०१९ ब्याजका विद्यार्थी लगायत शिक्षकहरु समेत चकित परेका छन् ।उनको सो निर्णयले सबै स्नातक उत्तीण गर्न लागेका विद्यार्थीहरु लाई फाइदा गराउने बताइएको छ भने यसमा करोडौँ डलर खर्च हुनेछ ।स्मिथ पहिलेदेखि नै अमेरिकाका प्रमुख परोपकारी व्यक्ति मध्येका एक मानिँदै आएका थिए र ऐतिहासिक रुपमा काला वर्णका छात्रहरु मात्र पढ्ने मोरहाउस कलेजमा सम्बोधन गर्दैगर्दा उनले सो घोषणा गरेका हुन् ।

को हुन् यी मनकारी अर्बपति ?
स्मिथ डेन्भर कोर्लोयाडोमा सामान्य परिवारमा हुर्किएका थिए । उनका बुबा(आमा विद्यालयको प्रधानाध्यापक थिए । हाल उनी पूर्व प्लेब्वाई मोडल होप डोराजिकसँग बिहे गरेर टेक्सासमा बस्दै आएका छन् ।माध्यमिक कक्षा पढ्दै गर्दा उनले विज्ञान अनुसन्धानको क्षेत्रमा क्रियाशील बेल ल्याब्स नामक एक संस्थामा जागिरको लागि निवेदन दिएका थिए । सुरुमा कम उमेरको भन्दै उनको निवेदन अस्वीकृत गरिए पनि पछि उनले त्यहीँ जागिर पाए । जागिर खाँदै उनले कोर्नेल विश्वविद्यालयबाट रासायनिक इञ्जिनियरिङ र कोलम्बिया विश्वविद्यालयबाट एमबीए पास गरे ।
त्यसपछि उनले सन फ्रान्सिस्कोस्थित गोल्डम्यान स्याक्स नामक कम्पनीमा काम थाले । त्यहाँ काम गर्दा उनले विश्वचर्चित एप्पल र माइक्रोसफ्ट जस्ता कम्पनीसँग पनि काम गर्ने अवसर पाए । अनुभवले खारिँदै गएपछि उनले सन् २००० मा आफ्नै भिस्टा इक्वीटी पार्टनर्स नामक कम्पनी खोले ।
सफ्टवेयर कम्पनी भिस्टाको अनुमानित मूल्य अहिले ४६ अर्ब डलर र स्मिथको व्यक्तिगत सम्पत्ती ५ अर्ब डलर रहेको बताइन्छ । यसबाट थाहा हुन्छ, स्मिथ अमेरिकाको धनाढ्य अर्बपतिको सूचीमा सबैभन्दा माथि छन् ।
एजेन्सी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)