० कल्चौडो सुनिनु वा दुधको गुणमा फरक पर्ने अवस्थालाई थुनेलो भनिन्छ ।
० पोथी जातका गाई, भैँसी, भेडा, बाख्रा, घोडा आदि सबै जसो जनावरहरुलाई हुन सक्दछ । ० यो नेपालमा देखिने एउटा सामान्य रोग हो र खासगरी पशुहरु ब्याउने वित्तिकै देखिन्छ ।
० थुनेलो रोग धेरै किसिमका जिवाणुहरुको कारणबाट हुन्छ। यदि गोठ, थलोमा राम्रो सरसफाई भएको छैन भने जनावर ब्याएको समयमा विभिन्न किसिमका जिवाणुहरु कल्चौडोमा थुनबाट प्रबेश गर्दछ ।
० रोग लागि सकेपछि आर्थिक दृष्टिकोणले निकै घाटा हुन जान्छ र करिव २५ प्रतिशत जति उत्पादन घटाउंदछ ।
० थुनेलो रोग लागेको दुध मानिसले खाएमा जिवाणुको कारणबाट मानिसमा पनि अनेक किसिमका रोगहरु लाग्ने प्रवल संभावना हुन्छ ।
थुनेलो रोगको प्रमुख लक्षणहरु
०व्याएको वस्तुहरुको कल्चौडो सुनिनु, छुँदा दुखेको अनुभव गर्नु र तातो हुनु ।
० दुध नदिनु, कल्चौडो र थुन साह्रो हुनु, दूधको गुणस्तरमा ह्रास आउनु, दूधमा रगत मिसिएको रातो वा जमेको लेघ्राहरु _(टुक्रा) देखिनु ।
० यदि उपचार गर्न ढिला भएमा भित्र पाक्दछ र पिप पनि आउँदछ।
० यदि थुन मात्रै सुन्निएको भए शुरुमा दुध राम्रो हुन्छ तर थुन सुन्निएकोले दुध दुहुन गाह्रो पर्दछ । ० अति तिव्ररुपमा भएमा पशुलाई ज्वरो आउने, झोक्रिने, खाना नखाने हुन्छ ।
० समयमा उपचार नभए थुन बन्द हुन्छ र दुध नआउने र पुरा कल्चौडो नै खत्तम हुने संभावना हुन्छ ।
थुनेलो रोग निदान र पहिचान
० दुई तरिकाबाट यो रोगको निदान गर्न सकिन्छ ।
० माथिका लक्षणको आधारमा
० दुधलाई प्रयोगशालामा परिक्षण गराएर
उपचार
० दुध बेला बेलामा ९सामान्य भन्दा धेरै पटक० दुहुनु पर्दछ ताकि कल्चौडोमा पर्ने दवाव कम होस ।
० यदि दुध आएको छैन भने किटाणु रहित पारेको थुन भित्र राख्ने नलि ९जसलाई त्भबत कथउजयलरत्भबत अबलगबि भनिन्छ, थुनमा भित्र घुसाउने र भित्रिएको दुध सबै निकाल्ने ।
० सवै दूध निकालेपछि क्यानुलालाई बाहिर निकाल्नु पर्दछ, कल्चौडो र थुनलाई विहान बेलुका राम्रोसंग सेकी दिने ।
० यदि दूध पानी जस्तो रगत मिसिएको पिप जस्तो भएमा जिवाणुको कारणबाट थुनेलो भएको रहेछ भनी बुझ्नु पर्दछ। त्यस्तो अवस्थामा पशुलाई एन्टीवायोटिक सुई दिने सबै दुध निखारेर मात्र औषधि थुनमा राख्नु पर्दछ ।
० नसुन्निने, नदुख्ने सुई दिने र विभिन्न प्रकारका मल्हम पाइन्छ ति मध्ये कुनै एक लगाईदिने गर्नु पर्दछ ।
० त्यस्तो अवस्थामा पशुलाई राम्रो दानापानी दिनु पर्छ ।
ध्यान दिनु पर्ने कुराहरु
० दुध दुहुने मान्छेले नड० नपाल्ने र हात सफा राख्ने गर्ने ।
० दैनिक दुध दुहुनु भन्दा पहिले कल्चौडो सफा गर्ने ।
० प्राविधिकले दिएको सल्लाह पूर्णतया पालना गरि औषधीहरु प्रयोग गर्ने ।
० थुनेलो रोग लागेको थुन वा जनावरलाई अरु पशुहरु दुहि सकेपछि मात्र दुहुने गर्नु पर्दछ र दुहुनो पशुको गोठ सफा राख्नु पर्दछ ।