Aamsanchar

दोस्रो कार्यकालका लागि भारतमा फेरि एक पटक मोदी सरकार

Author Image
बिहिवार, जेठ ९, २०७६

एजेन्सी ।

दोस्रो कार्यकालको लागी नरेन्द्र मोदी भारतको प्रधानमन्त्री बन्ने लगभग निश्चित भइसकेको छ। भारतमा सम्पन्न लोक–सभा निर्वाचनको अहिले मतगणना जारी छ । साँझसम्म सबै परिणाम आइसक्ने सम्भावना छ ।सुरुवाती मतगणनाका आधारमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीले सहजै बहुमत हासिल गर्ने देखिएको छ । त्यस्तै भाजपा नेतृत्वको ‘एनडीए’ गठबन्धनले सहजै ३०० भन्दा बढी सिट ल्याउने देखिएको छ ।
सुरुवाती मतगणना परिणाम निर्वाचन लगतै जारी गरिएको मत सर्वेक्षण अनुरुप नै देखिन्छ ।भाजपाले दक्षिणका केही राज्यबाहेक सबै ठूला राज्यमा राम्रो प्रदर्शन गरेको छ । केही महिना अघि भएको विधानसभा निर्वाचनमा कंग्रेसले हराएका तीन राज्यमा पनि भाजपाले यसपटक राम्रो मत ल्याएको छ ।राजस्थान, छत्तीसढ र मध्य प्रदेशमा भाजपाले सन् २०१४ मा राम्रो प्रदर्शन गरेका थियो । तर डिसेम्बरमा भएको विधानसभा निर्वाचनमा कांग्रेससँग हारेको भाजपाले त्यहाँ पुनः जित हासिल गरेको छ ।

हालसम्मको अवस्थामा छत्तीसगढका ११ सिटमध्य ९ सिटमा भाजपाको अग्रता छ । त्यस्तै राजस्थानको २५ सिटमध्य १ बाहेक सबै सिटमा भाजपा अगाडि देखिन्छ । ती दुई राज्यको तुलनामा बढी सिट रहेको मध्य प्रदेशमा पनि २९ मध्य २८मा भाजपाको मतसंख्या बढी छ ।भाजपाले यी तीन राज्यका अतिरिक्त विहार, उत्तर प्रदेश, दिल्ली, गुजरातजस्ता हिन्दी भाषी प्रदेशमा राम्रो गरेको छ । भाजपाको उलेख्य अग्रतामा हिन्दी भाषी प्रदेशहरुको सबैभन्दा ठूलो योगदान देखिन्छ ।

विहार
लोकसभा चुनावको लागि भनेर विहारमा भाजपाले त्यहाँको मुख्यमन्त्री नितिश कुमारको पार्टी जनता दल९युनाइटेड०सँग गठबन्धन गरेको थियो । हाल आएर यो गठबन्धन निक्कै सफल सावित भएको छ । विहारबाट केन्द्रीय संसदमा ४० जना प्रतिनिधि छानिन्छन् ।ती मध्य ३८ सांसद भाजपा र जनता दल९युनाइटेड०को गठबन्धनबाट छानिने सम्भावना देखिएको छ । लालु प्रसाद यादवको राष्ट्रिय जनता दल र कांगे्रसको गठबन्धनले जम्मा २ सिट जित्ने अवस्थामा छ ।

दिल्ली
राजधानी दिल्लीमा ७ मध्य ७ वटै सिटमा भाजपाको जित हासिल गर्ने लगभग पक्का देखिएको छ । मत सर्वेक्षणले पनि यही परिणाम आकंलन गरेको थियो ।राजधानी दिल्लीको हैसियत हाल अर्ध–राज्यको मात्र छ । त्यसलाई पूर्ण राज्यको स्तर स्तोरोन्नती गर्नुपर्ने माग राखेर दिल्लीमा सरकार बनाएको आम आद्मी पार्टी समेतले कुनै पनि सिट नजित्ने अवस्था निम्तिएको छ ।

उत्तर प्रदेश
उत्तर प्रदेश भारतको संसदीय चुनावमा सबै बढी सिट भएको राज्य हो । यस राज्यबाट ७१ सांसद चुनिन्छन् ।अघिल्लो निर्वाचनको तुलनामा उत्तर प्रदेशमा भाजपाको सिटमा कमी आउने देखिएको छ । चुनाव अघि सो राज्यमा पकड भएका समाजवादी र बहुजन समाज पार्टीले गठबन्धन बनाएकाले भाजपाको सिट काटिएको हो ।‘महागठबन्धन’ नाम दिइएको उक्त गठबन्धनको बलियो प्रतिस्पर्धाको बावजुद भाजपाले ५७ स्थानमा अग्रता लिइरहेको छ । महागठबन्धनले २२ सिट ल्याउने मार्गमा छ भने कंग्रेस जम्मा एउटा क्षेत्रमा मात्र अघि छ ।

उत्तर–पूर्वी राज्यमा पनि भाजपा अघि
उत्तर–पूर्वी राज्यमा पनि भाजपाले सिट संख्या सुधार गर्ने मार्गमा छ । अरुणाञ्चलका दुई मध्य दुवै सिटमा, उत्तर पूर्वको सबैभन्दा ठूलो संसदीय राज्य आसामका १४ मध्य १० मा ,त्रिपुराको दुवै संसदीय सिटमा भाजपाले अग्रता लिईरहेको छ ।मनिपुर, मिजोरम र नागाल्याण्ड र मेघालयजस्ता थोरै सिट भएका राज्यमा भने उसले निर्वाचनमा त्यति मेहनत गरेका थिएन र परिणामा पनि उसको पक्षमा देखिन्न । त्यहाँ क्षेत्रीय दल अगाडि छन् ।

बंगालमा प्रभाव विस्तार
चुनाव अघि भाजपाले मेहनत गरेको राज्यमध्य एउटा पश्चिम बंगाल पनि थियो । विगतमा भारतको कम्युनिष्टको आधार क्षेत्र मानिने बंगालमा यस पटक कम्युनिष्टको कुनै पनि सिट नपाउने देखिएको छ । सो प्रदेशका ४२ मध्य २३ सिटमा सो राज्यमा सरकार चलाइरहेको त्रिमुल कंग्रेस अगाडि छ । त्यस्तै भाजपा १७ स्थानमा अगाडि रहेर दोस्रो स्थानमा छ । बाँकी दुई सिटमध्य एउटामा कंग्रेस र अर्को स्वतन्त्र उमेद्वार छन् ।

दक्षिण राज्यमा भने कंग्रेस अघि
तर दक्षिणी राज्यमा भने कांग्रेसले अग्रता कायम राखेको छ । केरलाको २० सिटमा १८ मा कंग्रेस अघि बढिरहेको छ । त्यहाँ बाँकी २ सिटमा कम्युनिष्ट पार्टी अघि छ । देशभरीमा कम्युनिष्टको अग्रता रहेको सिट यहीँ मात्र हो ।त्यस्तै तमिल नाडुमा डीएमकेसँगको कांग्रेस गठबन्धन उपयोगी सावित भएको छ । त्यस गठबन्धनले ३८ मध्य ३४ सिटमा अग्रता हासिल गरेको छ । भाजपाको गठबन्धन जम्मा ४ सिटमा अघि छ ।
तर दक्षिणी राज्यमै पनि करनाटकमा भने भाजपाले राम्रो मत हासिल गरेको छ । त्यहाँको कुल २८ सिटमा २४ स्थानमा भाजपा अघि छ ।

दक्षिणी राज्यबाहेक कंग्रेसको उलेख्य अग्रता हासिल गरेको ठूलो राज्य पञ्जाव हो । त्यहाँका कुल १३ सिटमा ९ मा कांग्रेस अघि छ । त्यहाँ जम्मा ३ सिटमा भाजपा अघि छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर