Aamsanchar

कर्मचारी कुटेर विवादमा आएका मेयर र पत्रकार विच यस्तो भएको थियो सवाल जवाफ

Author Image
बिहिवार, जेठ ९, २०७६

इटहरी,वैशाख ९।

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले बुधबार अन्तरवार्ताका क्रममा एक पत्रकारलाई लोपारेर दुव्र्यवहार गरे । एक कर्मचारीलाई कुटपिट गरेको र अपशब्द बोलेको विषयमा प्रश्न गरिँदा आक्रोशित बनेका मेयरले पत्रकारलाई लोपारेको फुटेज बाहिरिएको छ ।

बुधबार उपमहानगरपालिकाको कार्यालय परिसरमा स्थानीय पत्रकारको एक समूहले मेयर चौधरीसँग कार्यालय अगाडिको पोखरीको डिलमा उभिएर प्रश्नोत्तर गरेको थियो । त्यस क्रममा चौधरीले महानगरपालिकाका कर्मचारी मनोज दाहाललाई अपशब्द बोलेको र कुटपिट गरेको विषयमा पत्रकारले सोधेका थिए । त्यसपछि चौधरी तात्तिए ।

‘अपशब्द ? कोही भ्रष्ट काम गर्छन्, त्यसलाई के फूलमाला लाउनु मैले रु मेरै पार्टीका नेता हुन् भने पनि छोड्दिनँ, मेयर चौधरीले भने ।

त्यसपछि उनले गर्वसाथ सुनाए, ‘रामप्रसाद चौलागाईं ९पूर्वएमालेका जिल्ला नेता लाई त अस्ति मैले पिटेँ नि । भूमाफिया, खानेपानीमा भ्रष्टाचार गर्ने, पाइपलाइन ओछ्याउने, ट्याङ्की निर्माणमा, जग्गा खरिदमा सबैमा भ्रष्टाचार गर्ने अनि आज मुठ्ठी कसेर लालसलाम रु नेपाली क्रान्ति जिन्दावाद रु माक्र्सवाद लेनिनवाद जिन्दावाद रु नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद ?

पूर्वएमालेका सुनसरी प्रमुख रहिसकेका मेयर चौधरीले थपे, ‘मैले महान चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्ति पढेको छु । त्यसको प्रभाव मलाई छ । त्यसैले महान नेपाली सर्वहारा क्रान्ति सुरु भइसकेको छ । मेयरको एक्सन सुरु भइसक्यो ।

पत्रकारले थप सोध्छन्, ‘तपाईंले सिसी क्यामरा अफ गरेर, ढोका लगाएर मनोज दाहाललाई हानेको हो रु यसरी कानून हातमा लिन मिल्छ ?

मेयर पडकिन्छन्, ‘यस्ता फोकटिया कुरा नगर्नुस् । अब सुन्नुस । म कानूनको विद्यार्थी त होइन, तर संकटका बेलामा राज्यले मौलिक हक के गर्छ भन्छन् नि रु के गर्छ रे रु ९उनी निलम्बन भन्न खोज्दै थिए, शब्द फुरेन० । त्यसलाई के भन्छन् रु बन्दी प्रत्यक्षीकरण बाहेक, सभा(जुलुस सबै ऊ हुँदोरहेछ । अनि आवधिक निर्वाचन टरेर जान्छ संकटका बेला । त्यसैले शासकले कानून हातमा लिन्छ । लिन्छ शासकले ।’

पत्रकार : तर यो तपाईंको अधिकार क्षेत्र होइन नि ?

मेयर : मेरो होइन भने कसको हो ?

पत्रकार : ‘संसदको हो नि

चौधरी ६ पटक ‘को संसद रु को संसद रु’ भन्छन् ।

पत्रकार : ‘प्रतिनिधिसभा छ, राष्ट्रिय सभा छ ।

चौधरी : यहाँ छ प्रतिनिधिसभा रु राष्ट्रिय सभा ?

पत्रकार : तपाईंको भन्दा दुई किलोमिटर अगाडि अख्तियार छ ।

मेयर : जानु नि त अख्तियार, के(के गर्नुपर्छ गर्नु नि ।

पत्रकार  : हातपातको कुरा चाहिँ के हो ?

मेयर : देखाउनु न त प्रमाण । यस्ता फोकटिया कुरा नगर्नुस् ।

त्यसपछि पछिल्लो प्रश्न सोध्ने पत्रकारलाई औंल्याउँदै भन्छन्, ‘ए भाइ, पत्रकार हौ ? कति वर्ष पुग्यौ ?

पत्रकारले २० वर्ष पुगेको बताउँछन् ।

अनि मेयर चौधरीले उमेरको धाक लगाउँछन्, ‘मेरो कान्छो छोरा २४ वर्षको भयो । राम्रो प्रश्न गर । तिमीले मलाई लोकतन्त्र, मौलिक हक, मानवअधिकार, राजनीतिकशास्त्र ऐन(कानून पढाउनुपर्दैन । सात वर्ष मुद्दा गरेको मोही किसानको छोरा हुँ । तिम्रो प्रश्नको जवाफ दिन चाहन्न ।

यति भनिसकेर मेयर चौधरी डोनाल्ड ट्रम्पको शैलीमा अंग्रेजीमा बोल्न थाल्छन् ( आई डन्ट लाइक टु आन्सर योर क्वैस्चन । यू आर बायस्ड ।

पत्रकारले अर्को प्रसंग निकाल्छन्, जसले चौधरीलाई पूर्णरुपमा उत्तेजित बनाउँछ ।

पत्रकार :  खरिद नियम विपरीत हुँदाहुँदै पनि मेयर भवनको भुक्तानी दिने कार्यपालिकाले निर्णय किन गर्‍यो ?

मेयर : कार्यपालिकाले गरेको छैन । देखायौ भने आजदेखि राजनीतिबाट सन्यास लिन्छु ।

त्यसपछि मेयरले जंगली पारा झिक्छन् र पत्रकारको अनुहारमै हात पुर्‍याएर भन्छन्, ‘लोपारिदिन्छु म तिमीलाई । त्यस्ता कुरा नगर । लोपारिदिन्छु । लोपारिनै दिन्छु यस्तो बायस कुरा गरेऊ भने ।

यसो भन्दै उनले तीनपटक पत्रकारको अनुहारमा लोपार्छन् । दुईपटक हावामा लोपार्छन्, तेस्रोपटक अनुहारमै हात पुर्‍याउँछन् ।

पत्रकारमाथि यस्तो दुर्व्यवहार भएको विषयलाई लिएर नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । महासंघको सुनसरी शाखाले विज्ञप्ति जारी गर्दै पत्रकार कृष्ण बहाव भट्टराई र विकल रेग्मीमाथि मेयर चौधरीले गरेको दुर्व्यवहार प्रेस तथा अभिव्यक्त स्वतन्त्रतामाथिको हस्तक्षेप भएको उल्लेख गरेको छ ।

मेयर चौधरीले पत्रकार भट्टराईलाई लोपारेका थिए भने अर्का पत्रकार रेग्मीलाई यी यसरी कठालो समाएँ भन्दै उदाहरण दिने क्रममा कठालो समातेका थिए ।

मेयर चौधरीले बुधबार आफ्नै कार्यालयमा एक कर्मचारीलाई भ्रष्टाचारी भन्दै कठालो समातेका थिए भने अर्का कर्मचारीलाई दुई चड्कन लगाएका थिए ।

कुटपिटमा ओर्लिएपछि मेयरको अलोकप्रियता बढ्यो

चौधरी नेकपाबाट निर्वाचित मेयर हुन् । साविक एमालेको सुनसरी प्रमुख भइसकेका उनले यसअघि १० वर्षसम्म हाँसपोसा गाविसको अध्यक्ष चलाएका थिए । अहिले हाँसपोसा पनि इटहरीमै गाभिएपछि उनी तेस्रोचोटि जननिर्वाचित बनेका हुन् ।

इटहरी नगरपालिको मेयर बनेपछि चौधरीले सार्वजनिक जग्गा अतिक्रमण रोक्ने र व्यक्तिका नाममा हडपिएको जग्गा नगरपालिकाको नाममा ल्याउने अभियान चलाए । चौधरीको अभियानलाई स्थानीय पत्रकारले साथ दिएका थिए भने भूमाफियाहरु उनीसँग चिढिएका थिए ।

तर, पत्रकारमाथि नै हातपात गरेपछि चौधरीको व्यवहारलाई उनकै समर्थकहरुले पनि आलोचना गर्न थालेका छन् । कसैलाई पनि कुटपिट गर्नु असभ्यताको परिचायक भएकाले मेयर चौधरी आलोचनाको पात्र बनेका छन् ।

उता चौधरीले कुटपिट गरेपछि इटहरी नगरपालिकाका कर्मचारीहरु मेयरविरुद्ध आन्दोलनमा उत्रिएका छन् । बुधबार कर्मचारीहरुले मेयरविरुद्ध नाराबाजी गर्नुका साथै कार्यालयमा अनिश्चितकालीन तालाबन्दी लगाउने घोषणा गरेका छन् ।

अनलाईन खबरवाट साभार

Views: 254

प्रतिक्रिया (०)

सम्बन्धित खबर