Aamsanchar

३ महिने आधारभूत व्याग सिलाउने तालिम को समापन

Author Image
बिहिवार, जेठ ९, २०७६

भद्रपुर ।

‘सीप सिकौं आत्मनिर्भर बनौं’ भन्ने भनाईसहित एवीसी नेपालले जिल्ला कारागार झापाका महिला कैदी बन्दीलाई स्वरोजगार बनाउने उद्देश्यले सुरु गरेको तीन महिने आधारभूत व्याग सिलाउने तालिम को एक कार्यक्रमबीच समापन गरिएको छ छ । कारागारभित्र बन्दी जीवन विताइरहेका महिलाहरुलाई उद्यमशील बनाउने अभिप्रायले गत पुस १५ गतेदेखि सञ्चालन गरिएको तालिममा १५ महिला कैदीबन्दीको सहभागिता रहेको थियो ।

उनीहरुलाई लक्ष्मी व्याग उद्योग चन्द्रगढीका मेनेजर विष्णुलाल राजवंशीले तालिम प्रदान गरेका थिए ।कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कैदी बन्दी महिलाले उत्पादन गरेका व्याग सबैलाई खरिद गरेर सहयोग गर्न आग्रह गरेका छन् । कार्यक्रमका विशेष अतिथि विर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले महिलाहरुलाई व्याग बनाउने मेसिन थप सहयोग गर्ने बचन दिएका छन् ।

नारी सञ्चार गृह झापाकी अध्यक्ष अम्बिका भण्डारीले कारागारमा सिकेको सीपलाई जीवनभर आत्मनिर्भर बन्ने माध्यम बनाउन उनीहरुलाई आग्रह गरिन् ।समुन्नत नेपालकी कार्यक्रम संयोजक कोपिला बस्नेतले हातमा सीप भएका महिलाले भोकै बस्नु नपर्ने बताउँदै उनीहरुलाई स्वरोजगार बन्न उत्प्रेरणा प्रदान गरिन्
प्रशिक्षार्थीका तर्फबाट लीला भट्टराईले एवीसी नेपाललाई धन्यवाद प्रदान गर्दै अन्य संघसंस्थालाई पनि कारागारमा बन्दी जीवन विताइरहेका महिलाहरुलाई सहयोग गर्न आग्रह गरिन्

मानव बेचविखन न्यूनीकरण तथा सामाजिक सेवामा महत्वपूर्ण योगदान पर्याउँदै आएको ए बि सि नेपालले यस पटक कारागारका महिलाहरुलाई उद्यमशील बनाउने र भोलिका दिनमा जीवन जीउन सजिलो होस भन्नका लागी तालिमको आयोजना गरिएको अध्यक्ष कञ्चना सिटौलाले बताईन।

कार्यक्रममै प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण हेडक्वाटर चन्द्रगढीका प्रहरी उपरीक्षक रेसमकुमार थक्सु, जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठ, विर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, राष्ट्रिय अनुसन्धान विभाग झापाका ९एनआइडी० उपनिर्देशक सुशान्त बराललगायत एवीसी नेपालका पदाधिकारीले समेत बढी व्याग खरिद गरेर सहयोग गरेका थिए
कारागारका महिलाहरुले व्याग बनाउने कच्चा पदार्थको अभाव रहेको हुँदा त्यसको थप व्यवस्था मिलाई दिन संस्थालाई अनुरोध गरेका छन।कारागारका प्रमुख राजेन्द्र निरौलाको अध्यक्षता रहेको समापन कार्यक्रमको सञ्चालन कैदी युवराज गिरीले गरेका थिए । हाल कारागारमा १५० बढी महिला कैदीबन्दी रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 232

प्रतिक्रिया (०)

सम्बन्धित खबर