Aamsanchar

आजको राशिफल / वि.सं. २०७६ ज्येष्ठ १३ गते सोमबार

Author Image
सोमवार, जेठ १३, २०७६

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

समय उत्साहवद्र्धक रहने छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । गरेका कामबाट प्रशस्त लाभ हुने समय छ । व्यापारमा फाइदा हुनेछ, आम्दानीका नयाँनयाँ स्रोत फेला पर्नेछन् । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पितृधनको उपयोग गर्न सकिने छ । आध्यात्मिक विषयवस्तु र दर्शनशास्त्रमा रुचि जाग्ने छ, नयाँ ज्ञान प्राप्त हुनेछ । पढाइलेखाइमा राम्रै प्रगति गर्न सकिने छ । भाइबहिनी र छोराछोरीले खुसी तुल्याउने छन् । परिवारमा सुमधुर सम्बन्ध कायम हुनेछ । सरकारी र प्रशासनिक कामबाट लाभ लिन सकिने छ । सामाजिक सम्मान प्राप्त गर्न सकिने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

आज कर्मसिद्धिको समय हो । आयआर्जनका स्रोत बढ्नेछन् । व्यापारमा राम्रै फाइदा हुनेछ । गरिएका कामको राम्रो मूल्याङ्कन हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । काममा मान्यजनको सहयोग प्राप्त हुनेछ । मान्यजनको सेवासुश्रुषा र चाकरीमा समय दिनुपर्ने छ । धनागमका बाटाहरू खुल्ला रहने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

धार्मिक वा सांस्कृतिक महत्त्वको यात्राको सम्भावना छ । बिर्सिसकेको आफन्त वा साथीभाइसित भेटघाट हुने सम्भावना छ । चाहेजस्तो सहयोग नपाइए पनि धन, मान र प्रतिष्ठामा कमी हुनेछैन । आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पुर्याउन सक्दैनन्, त्यसैले कुनै काम गर्दै हुनुहुन्छ आफ्नै बुद्धि र बलको प्रयोग गरेमा अन्त्यमा सफलता प्राप्त भइ छाड्ने सङ्केत छ । आकस्मिक यात्राको योग भए पनि यात्राबाट सोचेजस्तो प्रतिफल प्राप्त हुनेछैन । तर तीर्थव्रत तथा देवालय आदिको भ्रमणबाट सन्तुष्टि मिल्नेछ । साँझपख शुभ कुराको सङ्केत मिल्ने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

अष्टमस्थ चन्द्रमाका कारण त्यत्ति सरल दिन छैन । आँटेका काम बन्ने सङ्केत छैन । चन्द्रमा अशुभ गृहमा छ । परिस्थिति अप्ठ्यारो छ । मुख्य काममा बाधा हुने देखिन्छ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ वा सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । प्रयत्न गरे पनि परिश्रम निरर्थक हुनेछ । आश्वासन बाँड्नेको भर पर्नु हुँदैन । व्यावसायिक काममा खर्च बढ्नेछ । पहिलेका समस्या दोहोरिन सक्छन् । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनु आवश्यक छ । चोटपटकको सम्भावना र धनमाल हराउने योग छ । सवारीमा सावधानी अपनाउनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

प्रेम र मित्रताको बन्धनमा कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । दाम्पत्य जीवनमा रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिने छ । नयाँ ज्ञान सिक्ने मौका छ । मन प्रसन्न रहनेछ । व्यावसायिक यात्राको सम्भावनासमेत छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

काममा अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ला । शत्रुहरूको चलखेल बढे पनि विजय तपाईंको हातमा छ । विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन । पारिवारिक र दाम्पत्य सम्बन्ध प्रगाढ बन्नेछ । व्यावसायिक यात्राको सम्भावना छ । व्यापार तथा उद्योगतर्फ फाइदा हुने योग छ । वैदेशिक यात्रा पनि लाभदायक रहनेछ । समय मनोरञ्जनपूर्ण छ । तर जुनसुकै काममा सफलता आर्जन गर्न प्रतिस्पर्धा गर्नुपर्ने समय छ । आर्थिक लगानी गर्नुअघि जान्नेबुझ्ने र अनुभवीको राय लिनु बेस हुनेछ । मित्रबाट सहयोग जुटाउन सकिन्छ, तर रिस र आवेगलाई नियन्त्रण गर्नुपर्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

मिश्रित प्रभाव भएको दिन छ । कुनै समाचारले मन खिन्न हुनसक्छ । पढाइलेखाइमा ध्यानकेन्द्रित हुन सक्दैन । मनमा कल्पना र भावनाले डेरा जमाउने छ । मनोरञ्जन र खेलवाडले लक्ष्यप्राप्तिमा कठिनाइ उत्पन्न गर्नेछ । सहयोगीको साथ पाइँदैन, जे गरे पनि आफैं घोरिनु राम्रो हुन्छ । कुनै काम सम्पन्न गर्न दोहोर्याई तेहेर्याई गर्नु जायज हुनेछ । बन्दव्यापारमा कम मात्र फाइदा होला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । सरकारी कडिकडाउको सिकार भइनेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्नुपर्छ । समय कमजोर भए पनि मिहिनेत र परिश्रमका साथ प्रगति गर्न सकिने नै दिन छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आज काम बिग्रने डरले सताइरहने दिन हो । आफैंले प्रदान गरेको वाचालाई पालना गर्न सकिंदैन । अनुभवी र जान्नेबुझ्नेसमक्ष आफ्ना समस्या दर्साउँदा पनि सहयोग जुटाउन सकिंदैन । आमा वा कुनै बृद्ध नातेदारको सेवासुश्रुषामा समय बित्नेछ । सामाजिक कार्यमा अपजसको भागी बन्नुपर्छ । स्वास्थ्यमा समस्या आउन सक्छ । सम्झौताले खिन्नता बढाउनेछ भने बुद्धिको सही उपयोग हुन सक्दैन । लक्ष्य पहिल्याउने क्षमतामा कमी आउने छ । परिवारजन तथा बन्धु–बान्धवबीच सम्बन्ध चिसिन सक्छ । तर सतर्क भई व्यवहार गर्नसके बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छैन । व्यावहारिक र सामाजिक जिम्मेबारी थपिनेछ । पराक्रम र उत्साह बढ्नेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुनसक्छ । मित्रवर्ग र बन्धुवान्धवबाट सहयोगको अपेक्षा गर्न सकिन्छ । कुटुम्बले सहयोग गर्नेछन् वा दिदीबहिनी वा कुटुम्बका काममा सघाउनु पर्नेछ । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ । स्वास्थ्य सबल छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा फाइदा छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

धन भावको बलियो चन्द्रमाको प्रभावले विभिन्न अवसरले पछ्याउने समय छ । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिने छ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ । मोजमज्जा र रामरमाइलोमा धन खर्च गर्न मन हौसिने छ । सोचेको काम उचित समयमा सम्पादन गर्न सकिने र साख जोगाउन सकिने छ । व्यवसाय, पेसा र पठनपाठनमा गरेको सानो मिहिनेतले राम्रो प्रतिष्ठा आर्जन गर्न सकिने छ । तपाईंका क्रियाकलापको सर्वत्र चर्चा हुनेछ, नाम, दाम र सम्मान पाउनु हुनेछ । दिदीबहिनी र करकुटुम्बबाट सहानुभूति र सहयोग मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ । मनग्ये धन आर्जन होला । विछोडिएका आफन्तसँग भेटघाट हुनेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ । बोलीवचनमा सुमधुरताको आगमन हुनेछ । मनमा उत्साह र उमङ्गको कमी हुनेछैन । लेनदेन र व्यापारव्यवसायमा अभिबृद्धि हुनेछ । मानसम्मान र प्रतिष्ठा बढाउन गरिएको काममा सफल भइने छ । बढी आशावादी बन्नु हुँदैन, तर आफैंले आत्मबल र हिम्मतले काम लिन सकेमा पछि परिने छैन । योजना बनाएर दीर्घकालिक लगानी गरेमा काम बन्ने योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

बाह्रौं चन्द्रमाको नकारात्मक फल प्राप्त हुने दिन छ । मनमा भय र त्रासको निवास हुनेछ, चिडचिडेपना र अशान्ति बढ्ने योग छ । ऋणसापटीमा रकम लगानी गर्नु भनेको खर्च गरे जत्तिकै हुनेछ । पतिपतगबिीचको दूरी बढ्ने योग छ । स्वास्थ्यका दृष्टिकोणले पनि कमजोर दिन छ । झैझगडा र विवादबाट टाढा रहने दिन हो । भेटघाट र घुमघाममा फजुल खर्च बढ्ने सम्भावना छ । अन्तै अलमलिनाले नियमित काममा बाधा पुग्न सक्छ । आश्वासन दिनेहरूबाट धोका पाइनेछ । नजिकका साथीभाइ टाढिने सङ्केत छ । मनमा पापमतिको उदय हुनेछ, सानो गल्तीले ठूलो अनिष्ट निम्त्याउन बेर लाउँदैन ।-पूर्वेली न्यूजबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर