Aamsanchar

विप्लवजीहरुको गतिविधि अब अन्त्य हुनसक्छ : प्रचण्ड

Author Image
सोमवार, जेठ १३, २०७६

विराटनगर–नेकपाका अध्यक्ष पुष्पकमल दाहालले एक दुई वटा बम विस्फोट हुँदैमा राजनीतिक स्थिरता छैन भनेर नागरिकले सोच्न नहुने बताएका छन् ।

‘अहिले राजनीति रुपले स्थिरता आएकै छ । केहीठाउमा बम विष्फोट हुँदैमा राजनीतिक स्थिरता छैन भनेर सोच्नु हुँदैन । बम आतङ्क फैलाएर मात्र राजनीतिक उद्देश्य प्राप्त हुन्छ भन्ने कुरा ठान्नु विल्कुल सही छैन,’ प्रचण्डले भने ।

अहिलोको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति, जनताको चाहना, भावना, राष्ट्रको आवश्यकता बम पड्काउने नभएको भन्दै प्रचण्डले सबै मिलेर समाजवादको नयाँ ढंगले तयारी गर्नतर्फ लाग्नुपर्नेमा बताए ।

सरकारले प्रतिवन्ध लगाएको नेक्रवित्रम चन्द विप्लव समूहको पछिल्ला गतिविधि तर्फ केन्द्रीत गर्दे प्रचण्डले भने, ‘मलाई लाग्छ यो अन्तिम–अन्तिम हुनुपर्छ । उहाँहरु अन्ततः वार्तामा आउनुको विकल्प छैन शान्तिपूर्ण राजनीतिमा आउनुको विकल्प छैन ।’

आइतबार काठमाडौँमा विभिन्न स्थानमा भएका बम विस्पोट र सोमबारको बन्द तर्फ संकेत गर्दे प्रचण्डले हिजोका गतिविधिले विप्लवहरुले वार्ताको वातावरण तयार गरेको बताए ।

Views: 255

प्रतिक्रिया (०)

सम्बन्धित खबर