बदलिदो जीवनशैलीसँगै मानिसहरुमा मोटोनाको समस्या बढ्दै गएको छ । खानाले गर्दा पनि मोटा पनाको समस्या झनै बढ्दो छ । मोटोपनाले गर्दा स्वास्थ्यमा बिभिन्न समस्याहरु निम्त्याउने गर्दछ । त्यसैले मोटोपना भएकाहरुलाई कसरी तौल घटाउने भन्ने चिन्ताले सताईरहेको हुन्छ । हामीले यहाँ मोटोपना घटाउने केही सरल घरेलु उपायहरुबारे उल्लेख गरेका छौँ । जुन तपाईले उपयोग गर्न सक्नु हुनेछ ।
–दुई हप्तामा शरीरमा बोसोको दुई पाउन्ड निकाल्नका लागि दिनदिनै सय क्यालोरी कम गर्नुपर्छ । डायटप्लानलाई राम्ररी फलो गर्दा अनि उपवास बस्दा क्यालोरी कम गर्न सकिन्छ । त्यसबाट ऊर्जा स्तर पनि बढ्छ । धेर बोसो भएको खानेकुरा खाइरहनुभएको छ भने छोड्नुस् ।
–ह्वोल ग्रेनबाट बनेका खानेकुराका साथसाथै आहारमा फल र सागपात, कम बोसो भएका दुग्ध पदार्थ, माछा र बदाम जस्ता प्रोटीनले भरपूर कुराहरू समावेश गर्नुपर्छ ।
–बिहान ब्रेकफास्ट गर्न नभुल्नुस् । बिहान उठेको दुई घन्टाभित्र नै ब्रेकफास्ट लिनुस् । धेरै मानिस तौल घटाउन ब्रेकफास्ट लिँदैनन् तर यो गलत तरिका हो ।
–कहिले पनि भोको नबस्नुस् । पेट भरिराख्नका लागि चार घण्टामा खाना खानुस् र भोक मेटाउनुस् । भोजन अलिअलि गरेर खानुस् तर भोक लाग्न नदिनुस् ।
–लिक्विड क्यालोरीले जहिले पनि तौल घटाउन अवरोध गर्छन् । त्यसैले सोडा, जुस, स्पोर्ट्स ड्रिंक, कफी र अल्कोहल पिउन छोड्नुस् ।
–पानी हाम्रो स्वास्थ्यका लागि आवश्यक छ तर पानीले दुई तरिकाले तौल कम गर्छ । यसले ऊर्जा र क्यालोरीको मात्रा बढाउँछ । यसका साथै धेरै खाने बानी पनि छुट्छ ।
–आवश्यकताभन्दा बढी खाने बानी छोड्नुस् र भोक मेटिने जति मात्र खानेकुरा खानुस् । पेट सधैं भरिने स्न्याकहरू आहारमा समावेश गर्नुस् । यसका लागि ताजा फल, मकै र बदामहरू तपाईंका लागि स्वस्थ खानेकुरा हुन् ।