Aamsanchar

रहस्मय ठाँउ जहाँ झरनाको तल सधैँ आगो बलिरहन्छ

Author Image
बुधवार, जेठ १५, २०७६

संसारमा कतिपय रहस्य हुन्छन् जसले मानिसहरुलाई सोच्न बाध्य बनाउछन् । यस्तै एउटा रहस्यमय ढुङ्गा छ, त्यहाँ लागातार झरना बगिरहन्छ तैपनि झरनाको ठिक तल कयौँ वर्षदेखि आगो बलिरहेको छ ।

यो झरना न्युयोर्कको चेस्टनट रिज काउन्टी पार्कमा पर्छ । जसलाई आजभोली एटरनल फ्लेम भनिन्छ । यो झरनाको विशेषता भनेको यहाँ वर्ष भरि पानी बगिरहन्छ र यसको ठ्याक्कै तल आगो बलिरहन्छ ।

स्थानियहरुले यसलाई दैविय चमत्कार मान्छन् । यसलाई लिएर धेरै कहानी पनि प्रसिद्ध भएका छन् । अचम्मको कुरा यो आगो उतिखेर निभ्ने छ जब धर्तिमा महाप्रलय जस्तो केही आपत आउछ । यो आगोलाई हेर्न मानिसहरु टाढा टाढाबाट आउने गर्छन् ।

यो आगोको बारेमा भारतको एउटा विश्वविद्यालयका वैज्ञानिकहरुले एक अनुसन्धान पनि गरेको छ । खोजपछि वैज्ञानिकहरुले ढुङ्गाको भित्रिबाट मिथेन ग्यास निस्कने दावी गरेका छन् ।
यस्तो मानिएको छ कि २०औं शताब्दिको सुरुमा नै यहाँ कसैले आगो लगाएको थियो । एजेन्सी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर