Aamsanchar

आर्थिक वर्षको बजेटबाट निजी क्षेत्र उत्साहित

Author Image
बुधवार, जेठ १५, २०७६

काठमाण्डाै – निजी क्षेत्रले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट अत्यन्तै राम्रो रहेको टिप्पणी गरेको छ । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले सरकारले ल्याएको बजेट अत्यन्तै राम्रो रहेको प्रारम्भिक टिप्पणी गर्नु भएको हो ।

बजेट भाषण सकिएपछि लगत्तै बुधबार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ टिप्पणी गर्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष राणाले सरकारले ल्याएको बजेट उत्साहजनक रहेको टिप्पणी गर्न भयो । उहाँले धागो तथा कपडा उद्योगका लागि ५० प्रतिशत विद्युत महशुल छुट गर्ने प्रावधान बजेटमा आउनु स्वदेशी उद्योगका लागि उत्साहजनक भएको पनि स्पष्ट पार्नुभयो ।

नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष अग्रवालले समग्रमा बजेट अन्त्यन्तै राम्रो भएको प्रतिक्रिया दिनु भयो । उहाँले बजेट लगानी मैत्री भएको र त्यसले निजी क्षेत्रको मागलाई पनि सम्बोधन गरेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

निजी क्षेत्रले बजेटमा सरकारले कच्चा पदार्थको आयातमा भन्सार दर केही प्रतिशत छुट गर्ने व्यवस्था गरेर स्वदेशी उद्योगको प्रबर्द्धनमा जोड दिएको पनि जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 241

प्रतिक्रिया (०)