Aamsanchar

एक सय १५ जना बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

Author Image
बिहिवार, जेठ १६, २०७६

बिर्तामोड । झापाको क्रिएटिभ नेपलिज युथ नामक संस्थाले चौथो बार्षिक उत्सवको अवसरमा बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
बिर्तामोड नगरपालिका वडा नं. ९ स्थित श्री सहिद लक्ष्मी प्राथमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई बुधवार खेलकूद तथा स्टेशनरी सामाग्री वितरण गरेको हो ।
बिद्यालयका एलकेजीदेखि कक्षा ५ सम्मका एकसय १५ जना बिद्यार्थीलाई सो सामाग्री वितरण गरेको क्रिएटिभ नेपलिज युथ झापाका अध्यक्ष टिकाराम धमलाले जानकारी गराए ।

२० हजार मूल्य बराबरको कपि, पेन्सिल, इरेजर, साप्नर, कलर पेन्सिल, स्केच पेन, डटपेन, फुटवल, ब्याटमिन्टन जस्ता सामाग्री बिद्यार्थीलाई वितरण गरेको कार्यक्रम संयोजक एलिस तिवारीले बताए । युथका अध्यक्ष धमलाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा आयोनका प्रदेश सदस्य यक्षराज कडरिया, स्प्रीङडेल कलेज फर होटल मेनेजमेन्टका सञ्चालक निरज श्रेष्ठ, बिद्यालयका प्रधानाध्यापक विरेन्द्र बुढाथोकीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाकी कोषाध्यक्ष अस्मिता पराजुलीले गरेकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर