चारपाने, जेठ १६ । विगत १५ दिन देखि अवरुद्ध चारपाने अर्जुनधारा सडक सुचारु भएको छ ।
ठेक्का सम्पन्न हुने २ बर्षको समय समाप्त हुन लाग्दा सम्म सडक निर्माण सम्पन्न नहुदा उत्पन्न धुलो प्रदुशणका कारण आक्रान्त बनेका स्थानियले १५ दिन अघि ग्राभेल सडकको उत्तर दक्षिण नाकामा खाल्डो खनेर सडक अवरुद्ध गरेका थिए ।
सडक अबरुद्ध भएपछी सबारी आवगन अवरुद्धले झन उत्पन्न गरेको समस्यालाई समाधान गरेर सडक खुलाउन वडा नं. ५ र अर्जुनधारा नगरपालिकाको सक्रियतामा जिल्ला, प्रदेश र केन्द्र सरकार समक्ष समस्या समाधानको पहल भएपछी अहिले सडक सुचारु भएको वडा नं. ५ का अध्यक्ष ध्यानबहादुर भारतीले जानकारी दिए ।
दात्री संस्था र्यापथ्रीको सहयोगमा सुरु भएको सडक निर्माण अनुसार निर्माण ठेकेदारले पहिलो चरणको मोवालाईजसन काम सम्पन्न गररे पछि बाकी कामको रकम प्राप्त नभएर निर्माणकार्य स्थगित गरेको थियो, ठेकेदार सन्दिप साहले बताए, उनले भने हाल रकम प्राप्त हुने भएपछी काम पु:न सुचारु गरेका छौं, आउदो असार १५ सम्म सम्पूर्ण काम सम्पन्न गर्ने बताए ।
६ किलोमिटर लम्बाई, ६.५ मिटर चौडाई रहने उक्त सडक ५ करोड ५० लाखमा ठेक्का लागेको हो ।