Aamsanchar

ऐतिहासिक कदम, दक्षिण अफ्रिकामा मन्त्रिमण्डल, महिला पुरुष बराबर, विपक्षी महिला पनि सरकारमा

Author Image
शुक्रवार, जेठ १७, २०७६

काठमाडौं । दक्षिण अफ्रिाकाका राष्ट्रपति साइरिल रामापोसाले नयाँ मन्त्रिमण्डल गठन गरेका छन् ।

नव गठित मन्त्रिपरिषद्मा महिलाको संख्या ५० प्रतिशत रहेको छ । त्यसबाहेक अर्को अनौठो के छ भने उक्त मन्त्रिमण्डलमा विपक्षी पार्टीकी एक महिलासमेत सहभागी भएकी छन् ।

विपक्षी दलकी दिग्गज नेतृ पाट्रिसिया डे लिलेलाई मन्त्रिपरिषदमा सहभागी गराइएको छ । उनले पूर्वाधार विकास मन्त्रालय पाएकी छन् । अफ्रिकाको नेश्नल कंग्रेस पार्टीले गत मे ८ मा सम्पन्न चुनाव जितेपछि नयाँ मन्त्रिपरिषद् गठन गरिएको हो ।

बीबीसीका अनुसार नयाँ मन्त्रिपरिषद् ऐतिहासिक र उदाहरणी बनेको छ । किनकी त्यहाँ आधा संख्या महिलाको छ । यसले त्यहाँका नागरिकहरु निकै उत्साहित बनेका छन् । यसका अलावा राष्ट्रपति रामापोसाले ३६ सदस्यीय मन्त्रिमण्डललाई २८ मा झारेका छन् ।

रामापोशाले भ्रष्टाचारविरुद्धको शुन्य सहनशीलता अंगिकार गर्ने घोषणा गरेका छन् । तर अधिकारीहरुका अुनसार उनले बनाएका उपराष्ट्रपति डेभिड आबुजा अनियमिततामा संलग्न व्यक्ति हुन् । मन्त्री परिषद्का सदस्यहरुले बिहीबार सपथ गर्नेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर