Aamsanchar

अमेरिकामा बन्दुकधारीको आक्रमण, ११ जनाको मृत्यु

Author Image
शनिवार, जेठ १८, २०७६

एजेन्सी ।

अमेरिकी राज्य भर्जिनियामा बन्दुधकारीले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ।

एक सरकारी भवनमा गोली चल्दा अन्य ६ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सोही कार्यालयमा लामो समयदेखि कार्यरत कर्मचारीले गोली चलाएको भर्जिनिया प्रहरीले जनाएको छ।

आक्रमणकारीको परिचय खुलाइएको छैन, प्रहरीको जवाफी कारवाहीको आक्रमणकारीको पनि ज्यान गएको छ। घाइते ६ जनामा प्रहरी अधिकारी पनि छन्।

गोली चलेको थाहा पाएर प्रहरी त्यहाँ पुगेको थियो आक्रमणकारीले प्रहरी माथि पनि चलाएको र जवाफी कारवाहीमा उनी मारिएको प्रहरीको भनाइ छ।अमेरिकामा यो वर्ष भएको यो १५० औँ गोलीकाण्ड हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर