चारपाने, जेठ १७ ।
बिर्तामोड नगरपालिका वडा नं. २ स्थ्ति चारपाने–अर्जुनधारा विकास समाज व्लक नं. ४ समितिले शनिबार चारपानेमा ११ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । मिटो मसिनो खनेकुरा खुवाएर र दोसल्ला अनि टोपी लाएर जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।
समाजका अध्यक्ष दिनानाथ सिग्देको अध्यक्षतामा भएको मार्यक्रममा प्रमुख अतिथि वडा नं. २ का अध्यक्ष नगेन्द्र संग्रौलाले अहिले विभिन्न ठा“उमा केही मानिसहरु भगवानको बास भएको स्थान भनेर खोलानाला जंगल पाखामा भगवान खोज्दै भेटिएको भनेर पुजागर्न र मन्दिर भवन बनाउछन तर ८ दशक भन्दा लामो समय घरमै रहेका साक्षात भगवानको रुप आफ्ना माता पितालाई भवगानको रुपमा नदेख्ने कुसंस्कारको शिकार बढन थालेको छ । अब वडा नं. २ मा आफ्ना वा छरछिमेकमा आमा–बुवाहरुलाई दुख दिएको र अपमान गरेको पाईएमा अपमान गर्ने व्यक्तीलाई वडाले कानुनी कार्वाहीको भागीदारी बनाउनेछ । र स्थानियहरुले पनि सामाजिक बहिस्कार सम्मको कदम चाल्नु पर्ने बताए ।
कार्यक्रममा सम्मानित हुनुहुनेमा कृष्णमाया गौतम, नरमाया गिरी, कृष्णप्रसाद उप्रेती, धनमाया सुवेदी, तिलरुपा धिताल, मेदनीप्रसाद खरेल, जालपादेवी भेटवाल, अम्बिका गिरी, कृष्णप्रसाद राजवंशी, चिरञ्जिवी नेपाल र बमबहादुर गिरी सम्मानित भएका थिए ।
जेष्ठ माता–पिताहरुलाई धनपती प्रसाई, पिंगला गौतम, लयन्द्र भट्टराई, लोकनाथ खानल लगायतले सम्मान र सुस्वास्य दिर्घजीवनको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा स्वागत भरत भट्टराई र संचालन रामलाल उप्रेतीले गरेका थिए ।