Aamsanchar

हल्दिवारीमा आधारभूत प्राथमिक उपचार तालीम सम्पन्न

Author Image
आइतवार, जेठ १९, २०७६

नेत्र बिक्रम बिमली 

हल्दिवारी गाउँ पालिका उपाध्यक्ष डम्बर बहादुर गिरिले हल्दिवारीका ४० घर परिवार १ जना आधारभुत प्राथमिक उपचार प्रशिक्षक तयार गर्ने बताउनु भएको छ । नेपाल रेडक्रस सोसाइटी ,उपशाखा हल्दिवारीको आयोजना तथा गाउँ पालिकाको सहयोगमा संचालित तीन दिने (१६/१७/१७) आधारभूत प्राथमिक उपचार प्रशिक्षण तालीमको समापन कार्यक्रममा प्रमुख अतिथी गिरिले आगामी बर्ष २५० जनालाई तालीमको व्यवस्था मिलाउन रेडक्रसलाई आह्वान गरेका हुन ।

हल्दिवारी गाउँ पालिकाको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा हल्दिवारीको आयोजनामा सम्पन्न तिनदिने तालिममा २१ जनाले सफलता पुर्वक तालीम लिएको उपशाखा सभापति कर्णखर प्रसाईले बताउनु भएको छ ।

१६ जेष्ठ देखि १८ सम्म संचालित उक्त तालीमबाट यश छेत्रमा आपतकालीन अबस्थामा सहयोग पुर्याउने २१ तालिम प्राप्त गाउँ,पालिकामा स्वयंसेवक तयार गरिएकोले उनिहरु गाउँ पालिका तथा रेडक्रसको सम्पती समेत रहेको र बिपत्तिको बेला तयार रहन रेडक्रस झापा शाखा सभापति लोकराज ढकालले अनुरोध गर्नु भएको छ ।

तीन दिने उक्त तालिमको उद्घाटन गाउँ पालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेनले गर्नु भएको थियो भने सहभागीलाई प्रशिक्षण रेडक्रस प्रदेश १ कोषाध्यक्ष ॐ प्रकाश गौतम ,रेडक्रस झापाका उपमन्त्री विश्व थापा ,रेडक्रस विशेषज्ञ डिल्ली भण्डारी ,रेडक्रस झापाका इन्चार्ज केदार महत तथा भक्त बिक र हरिसरण खड्काले प्रदान गर्नु भएको थियोे ।

आधारभूत प्राथमिक उपचार प्रशिक्षण तालिका अवधि भरको सहजीकरण उपशाखा सचीव हरिकृष्ण अधिकारी र सह- कोषाध्यक्ष सीता श्रेष्ठले गर्नु भएको थियोे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर