केपी शर्मा ओलीको नेतृत्वमा नेकपाको सरकार बनेको १५ महिना नाघि सकेको छ । संसार चकित पर्ने गरि देशमा प्रगति भएको, नया“युगको सुरुवात भएको लगायतका गफ चुट्न प्रधान मन्त्री ब्यस्त छन् तर जनताले जीवन यापनमा सामान्य सकारात्मक परिबर्तनको महसुस भने गर्न पाएका छैनन् । अर्कोतिर प्रमुख प्रतिपक्षी दल का“ग्रेस अलिकति पनि संकेत देखिएको छैन । ४ पटक प्रधानमन्त्री बन्दा जम्मा ४ वटादेश र जनताकालागि उल्लेखनीय कामगर्न नसकेका शेर बहादुर देउबा ७ पटक प्रधानमन्त्री बन्ने ज्योतिषीको भबिश्यबाणि पुराहुने सपना बुनेर सभापति पद ओगटेर बसेका छन् । सत्तामा भएको रहर पुरा गर्न छा“या सरकार बनाउन तल्लिन छन । नेकपा र कांग्रेस भित्रका तुलानात्मक रुपमा इमान्दार भनिएका हरु केहि पार्टीमा हैसियत गुम्ने डरले मौन बसी रहेका छन् अनि केहि ओझेलमा पारिएका कारण कमप्रभाबसाली छन् ।
नेकपा, कांग्रेस लगायत ठुलादल बाट देस र जनताको हित नहुने निस्कर्षमा पुगेका केहि सानादल र केहि ‘अभियान’ हरु फरक फरक ‘पसल’ खोलेर बसेका छन ।देश र जनताको हितगर्ने लगायत कुरा सबैले राम्रो नै गर्छन् तर आआफ्नै डम्फू बजाउन ब्यस्त छन । एकले अर्कोलाई स्वीकार्न, मिलेर अघि बढ्न सकिरहेका छैनन । देशको नभए सानो गाढीकै भएपनि आफै चालक बन्ने रहरले वा सबै आफै प्रधानमन्त्री, रास्ट्रपति, मन्त्री र ठुलो नेताबन्न अथवा किन फरक पसल खोलिएको भन्ने जबाफ उनीहरुले दिन सकेका छैनन ।
यही कारण प्रमाणीत भ्रष्ट जेल बाट बहिरिदा फुलमाला लगाइदिन आउने जमात जतिपनी महगीं नियन्त्रण, भ्रष्टचार न्युनिकरण, प्रेस स्वतन्त्रता, देशको सिमा सुरक्षा र सार्वभौमिकता लगायतका बिषयमा भेलानहुने पीडादायी स्थिति छ । स्वीडेन, नर्वे लगायतका लोककल्याणकारी देशहरुको तुलनामा नेपाल कम्तिमा १०० बर्ष पछि परेको छ । तसर्थ, सा“चै देश र जनताप्रति इमान्दार हुनेहरु अब एक ठा“उमा आउनुको बिकल्प छैन ।
देव प्रकास त्रिपाठीजी लगायतको नेतृत्वमा रहेको ‘मातृभुमिकालागि नेपालि’, डा सुरेन्द्र भण्डारीजी लगायतको नेतृत्वमा रहेको ‘नेपालकालागि नेपालि’, स्वागत नेपालजी लगायतको नेतृत्वमा रहेको ‘स्वतन्त्र रास्ट्रीय अभियान नेपाल’, रबिन्द्र मिश्रजीको नेतृत्वमा रहेको साझा बिबेकशील पाटी, उज्वल थापाजीको नेतृत्वमा रहेको बिबेकशिल नेपाली, मोहन बैध किरणजी र बिप्लवजी को मावोबादी, नेपालको इमरानखान‘भन्ने डा. सुरेन्द्र केसीजी, ‘म जत्तिको राष्ट्रभक्त र बिज्ञ कोहि छैन’ भन्ने डा. युवराज संग्रौलाजी, नेकपा र का“ग्रेस दुई फरक दल नै होइनन भन्दै बिकल्पको वकालत गर्ने भरत दाहालजी लगायतको नेतृत्वमा रहेको ‘राष्ट्रिय जागरण अभियान नेपाल’, भ्रष्टाचारी र अपराधीको निद हरामगर्ने रबि लामिछानेजी र अन्यइमान्दार मिडियाकर्मी, नेकपा र का“ग्रेसका इमान्दार नेता तथा कार्यकर्ता, मह जोडी, सरकारले बनाउन नसकेको नमुना एकृकृत बस्ती जनताको सहयोगमा बनाएर हस्तानतरण गर्ने धुर्मुस सुन्तली लगायत सम्भव भए सम्म सबै एक ठा“उमा आएर ससक्त दबाबदिने बेला आएको छ ।
नेपालमा भ्रष्टचार बिरुद्ध शान्तिपूर्ण र लोकतान्त्रिकबिधि बाट एक खालको महाभारत युद्ध लड्न आवश्यक छ । वास्तविक महाभारत युद्धमा अर्जुन, भीम, युधिष्ठिर, कृष्ण, जस्ता महाबिरहरुलाई पनि अन्य योद्दा र सैनिकहरुको आवश्यक परेको थियो । अर्जुन जस्ता महान धनुधरले पनि थप शक्ति प्राप्तगर्न तपस्या गरेका थिए । नेपालमा पनि एक्लैले हु“दैन भन्ने सबैले जति छिटो बुझ्नसक्यो, त्यति राम्रो हुन्छ । सबै सानादल र अभियान संगमिल्न सम्भव हु“दैन, आवश्यक पनि छैन तर सम्भव भएकाहरु संग मिलेर ‘शान्तिपूर्ण युद्ध’ को तयारी गर्न ढिलाइ गर्ने छुट अब हुनुहुदैन ।
भ्रस्टाचार र राजनीतिको अपराधीकरणले थिलथिलो भएको हाम्रो देश माइमान्दारिता संगै नेतृत्वक्षमता र संगठन पनि आवश्यक पर्छ । देश र जनतालाई केन्द्रमा राखेर सबै इमान्दारहरु एक ठा“उमा आउनेहो भने सकारात्मक दबाब दिन सकिन्छ । यो अभियान हुदै दल बनाएर सरकारको नेतृत्वगर्न सहजभने अवस्य छैन । तथापि नेकपा र कांग्रेस लाई सुधार्न सक्ने दबाबमात्रै दिन सकियो भने पनि राम्रो हुन्छ । सत्ताको नेतृत्वकसले गर्ने भन्ने गौण बिषय हा, े किनकि मुख्य कुरा भनेको देश र जनताको हितहो ।
जननेता मदन भण्डारीले एउटा चर्चित भाषणमा एकजना राजा रहनाले त्यत्रो ठूलो कुनै आपत्ति गर्दैन तर सामन्तवाद, दलाल, नोकरशाही, पू“जीवाद र साम्राज्यवादको शोषण रह्यो भने राजा नरहेपनी वास्तवमा हाम्रो स्थितिमाकुनै परिवर्तन आउ“दैन भनेका थिए। अहिले मदन भण्डारीको नाम सुन्दापनी उनकी श्रीमती तथा अहिले नेपालको रास्ट्रपति बिद्या भण्डारी, प्रधानमन्त्री केपी ओली लगायत नेता हरु लाइ‘हाम्रै लागि भनेको रैछन कुनै बेला’ भनेर सातो जान्छ होला । मदन भण्डारीको आत्मापनी भ्रस्ट हरुको सामन्ती प्रबृत्ति देखेर भत्भती पोल्छहोला । भ्रस्टहरुले मदन भण्डारी र जिबराज आश्रितको नाममा बर्षौ राजनीती चाइ गर्छन तर उनीहरुको हत्यारा कहिल्यै पनि पत्ता लगाउदैनन किनकि शक्ति केन्द्रहरुको इसारामा दुर्घटना गराउनेहरु सत्तामा नै छन् ।
प्रधानमन्त्री निबास छेउकै बालुवाटार अनि पशुपतिनाथ लगायत सयौ मन्दिर र गुठिहरुको सरकारी जग्गा भूमाफिया, भ्रस्ट कर्मचारी र राजनीतिज्ञ मिलेर निजीकरण गरि सकेका छन् । फेवाताल, बन क्षेत्र, नदिनाला किनारामा रहेको जग्गाहरु भ्रस्ट हरुले अतिक्रमण गरेका छन् । एउटा लोकतान्त्रिक देशमा बिरोध स्वरुप कालो झण्डा देखाउने नागरिकलाई तत्काल गिरफतार गर्ने सरकारले ठुला भ्रष्टाचार काण्डमा मुछिएका व्यक्तिहरुलाइ गिरफतार गर्न आवस्यक ठान्दैन । ठिक बिपरित, एन्सेल लाभ कर छलिमा मुछिएका अनि खराब ठेकेदारका नाममा कुख्यात व्यक्तिहरु प्रधानमन्त्री र शक्तिशाली नेताहरुको दाया“ र बाया“ लागेर देश बिदेश घुम्छन ।
दुइ तिहाई्का शक्तिशाली प्रधान मन्त्रीले पटक पटक “भ्रष्टाचारी को अनुहार हेर्दिन“ भनेको कुरालाई वेवास्था गर्दै भ्रष्टहरु माथि अनुसन्धान गरेर पत्रपत्रिका र टेलिभिजनमा अनुहार हेर्न बाध्यपार्ने सबै पत्रकारहरुलाई हदैसम्म दण्ड जरिवाना गर्नमिल्ने गरि मिडिया बिधेयक ल्याउने तयारी सरकारले गरेको छ । प्रेस नियमनका नाममा भ्रस्टाचार र अपराधजन्य गतिबिधि सार्वजनिक गर्ने पत्रकार लाई जेल जरिवाना गर्न सहजहुने प्रावधान राख्न लागिएको छ । भ्रस्टाचारमा चुर्लुम्ब डुबेका नेताहरुले आकास पाताल जोड्ने हावादारी गफ गर्छन तर गर्नु पर्ने र गर्न सकिने सयौ कामगर्न तयार छैनन । प्रमाणित भ्रष्टचारी, खराब ठेकेदार र म्यानपावर, तस्कर, गुण्डा लगायत अपराधिक कृयाकलापमा संलग्नलाई दण्डित गर्ने इमान र नैतिकबल शक्तिशाली भनिएका प्रधानमन्त्री ओलीले देखाउन सकेका छैनन ।
झापा आन्दोलन र १० बर्षे द्वन्दकालमा सर्बहारा जनताका नाममा सामन्ती र जमिन्दार भन्दै हत्या शृंखलाको नेतृत्वगर्ने हरु अहिले नव सामन्तीका रुपमा उदाएका छन् । झुप्रोमा जन्मिएका नेता हरु बिनाकुनै आयश्रोत करोडौको महलमा बस्छन ।कुनै बेला खालिखुट्टा हिड्ने नेताहरु करोडौको बुलेटप्रुफ गाडिमा सवारी गर्छन जनता बाट बच्न । नेताहरुको सवारीमा सडक जाम मात्रनभई आकासमा समेत जामहुन थालेको छ । नाताबाद र कृपाबादको बिरोध गर्दै जनताको मन र मतजितेका नेताहरु अहिले नाताबाद र कृपाबादमा राणाकाल र पंचायतलाई पनिजिती सकेका छन् ।
नेकपा र कांग्रेसका सबै नेता र कार्यकर्ता भ्रस्ट छन् भन्ने किमार्थ होइन तर इमान्दार हरु ओझेलमा छन, प्रताडित र प्रभाबहिन छन् । दलमा आवद्ध भएकै कारण जीवन यापन गर्ने पैसा, पद, प्रतिष्ठा पाएका हरु आफ्नो दलको बचाउमा न्वारान देखिको बल लगाउने गरेका छन् । अत्यन्त थोरै इमान्दार नेता कार्यकर्ता मात्रै आफ्नोे दलभित्रका भ्रस्टाचार र बेथितिबारे खुलेर बोल्न सक्छन । आफु जति इमान्दार भएपनि दल र सरकारको नेतृत्व गर्ने भ्रष्ट र नैतिकहिन भएको अवस्थामा देश र जनताको हितनहुने कुरालाई मध्यनजर गर्दै नेकपा र कांग्रेसका इमान्दार नेता तथा कार्यकर्ताहरुले दलभित्र सशक्त दवाब दिएर इमान्दार लाई नेतृत्व तहमा पुर्याउने स्थिती बनाउने अथवा नया“ अभियान र दल संग आवद्ध हुने दुई बिकल्प मध्ये एउटा रोज्न आवस्यक छ ।
सत्तारुड दल नेकपा, प्रमुख प्रतिपक्षीदल का“ग्रेस लगायत ठुला दलभित्र अपबादबाहेक सबै शिर्ष नेता तथा कार्यकर्ता भ्रष्ट छन् र तिनैको नेतृत्वमा मुलुकले निकास र बिकास पाउन असम्भव प्राय छ भन्ने प्रमाणित तथ्यहो । तथापि जनताले ठुला दलभित्र बाट नै इमान्दार नेतालाई नेतृत्वतहमा पुर्याउने सजिलो र छिट्टो बाटो पहिलो बिकल्प हो । अन्यदल वा कुनै नागरिक अभियान बाट दलबन्दै इमान्दार हरुको नेतृत्वमा नया“ शक्तिको उदय भएर चुनाब बाटै जनताको मत र मन जितेर सत्तामा पुग्ने दोस्रो र अन्तिम बिकल्प हो । नेपालको भूराजनीतिका कारण ‘नेपालि सेनाले सत्ताकब्जागरिदेला’, ‘कुनै क्रुर वा नरम तानासाहीको उदयहोला’, ‘भ्रस्ट र नैतिक पतन भएका नेताहरु रत्नाकार डाकु बाल्मिकी भएजस्तै सुद्रिएलान’ लगायतका सपनामा नअल्झिनु नै ठिक हो ।