Aamsanchar

सुरु गरेको १० बर्ष भित्र लागुऔषध प्रयोगकर्ता मर्छन : वसन्तराज कुँवर

Author Image
सोमवार, जेठ २०, २०७६

नेपालमा हाल चार लाख ८५ हजार दुव्र्यसनी (लागुऔषध प्रयोगकर्ता) रहेको एक तथ्याङकले देखाएको छ । त्यसमध्ये दुई लाख दुर्व्यसनी लागूऔषध छाड्न नसक्ने अवस्थाका छन् भने दुई लाख ८५ हजार छाड्न सक्ने अवस्थामा छन् ।

लागुऔषध तथा सुरक्षा विषयक सचेतना कार्यक्रममा नार्कोनन नेपालका वरिष्ठ प्रशिक्षक एवं पूर्वप्रहरी वरिष्ठ उपरीक्षक वसन्तराज कुँवरले उक्त तथ्याङक प्रस्तुत गर्दै १४ वर्षमा लागुऔषध प्रयोग गर्न शुरु गरेका व्यक्ति सरदर २४ वर्षसम्ममा मरिसक्ने बताए ।

उनले भने, ‘नेपालमा रहेका दुई लाख दुव्र्यसनी लागुऔषध छाड्न नसक्दा मर्दै जानेछन् । उनका अनुसार लागुऔषध उनीहरुका लागि जीवन बर्बाद बनाउने प्रमुख कारण बन्दै गएको छ । लागुऔषधका लागि प्रतिबर्ष नेपालबाट करीब रु २० अर्ब बाहिरिएको र कक्षा ८ देखि नै विद्यार्थी लागुऔषधमा फसेको पाइएको कुँवरले बताए ।

नेपालमा चिकित्सक र इञ्जिनीयर बन्ने करिब ६० प्रतिशतसम्म लागुऔषध प्रयोगकर्ता छन, उनीहरुमा पनि लत लागेपछि कमैले मात्र छाड्न सक्ने अवस्था रहनेछ । उनले भने अधिकांश कर्मचारीका छोराछोरी लागुऔषधमा फसेका उल्लेख गर्दै उनले नेपालमा भएका ९९ प्रतिशत घरेलु तथा महिला हिंसा दुव्र्यसनीकै कारण भएको दाबी गरे ।

लागुपदार्थ तीन हजार ५०० प्रकारका हुने जानकारी दिदै लागुपदार्थ नरोक्दा केही देशमा शहर नै सरेको घटना भएकाले यसलाई न्यूनीकरणतर्फ आजैदेखि स्थानीय तहले लाग्नुपर्नेमा कु“वरले आग्रह गरे ।

उनले भने, ‘नखाएकालाई रोक्नुस, खाएकालाई चिन्नुस् र उपचार विधितर्फ लागि हाल्नुस् । अभिभावकले उपचार विधि लिएर घरलाई नै पुनःस्थापना केन्द्रझै बनाएर लत निदान गर्न सक्ने उनले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर