Aamsanchar

तिम्बुङ पोखरी क्षेत्र (फोटो फिचर)

Author Image
सोमवार, जेठ २०, २०७६

नेपालको सबैभन्दा धेरै ताल तलैया तथा हिमताल भएको जिल्लाको रुपमा ताप्लेजुङ्गलाई चिनिन्छ। ३०० भन्दा धेरै हिमतालहरु मध्ये तिम्बुङ पोखरी धार्मिक, जैविक तथा साँस्कृतिक महत्वको सिमसार क्षेत्र हो।

सिमसार सम्बन्धी जैविक सञ्चारको छाँयामा परेको तिम्बुङ पोखरी कन्चनजङ्गा संरक्षण क्षेत्रभन्दा बाहिर पर्ने पवित्र पोखरी हो। किरात लिम्बु भाषामा तिम्बु भन्नाले “पोखरीमा टिलपिल हुने गरी पानी हुनु वा भरिनु हो।

उक्त पोखरी भरी पानी जमेको वर्ष गाँउघरमा अन्नपातको उब्जनी राम्रो हुने कुरामा स्थानीय बासिहरु गहिरो विश्वास राख्छन् र त्यस स्थानमा पुजाआजा गर्ने परंपरा रहिआएको छ । 

कसरी पुग्ने ?

ताप्लेजुङ्ग सदरमुकाम फुङ्लिङबाट पैदल बाटो सुकेटार,लालिखर्क, काँडेभन्ज्याङ्ग, सुरुमखीम हुदै  तिम्बुङ पोखरी करिव ४ दिनको यात्रा गरेर पुग्न सकिन्छ ।

फोटो : लोकेश अधिकारी/सञ्जय आचार्य

 

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 275

प्रतिक्रिया (०)