Aamsanchar

बि एण्ड सी मेडिकल कलेज र प्रभु इन्स्योरेन्स बीच सम्झौता

Author Image
मङ्गलवार, जेठ २१, २०७६

काठमाडौं– प्रभु इन्स्योरेन्स लिमिटेड र बिर्तामोडको  बि. एण्ड सी. मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर बीच नगद रहित सेवा सम्वन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा प्रभु इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा बि. एण्ड सी. मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टरको तर्फबाट कार्यकारी निर्देशक दुर्गा प्रसाद प्रसाईले हस्ताक्षर गरे ।

सम्झौता अनुसार प्रभु इन्स्योरेन्सबाट सवारी साधन बिमा गराउने ग्राहकहरुले सवारी साधन दुर्घटनाको कारण यात्रु तथा तेश्रो पक्ष घाईते भई तथा औषधी उपचार बिमा गराउने ग्राहकले बिरामी भई बि. एण्ड सी. मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना भई औषधी उपचार गराउँदा साथमा नगद नभएतापनि बिमालेखको सिमासम्म नगद रहित सुविधा प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 311

प्रतिक्रिया (०)

सम्बन्धित खबर