![](https://aamsanchar.com/wp-content/uploads/2024/11/ramro.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2019/06/kk.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2025/02/g_1.gif)
हिन्दु धर्ममा, हप्ताको हरेक बारलाई देवी देवताको बार मान्ने गरिन्छ। विशेष ब्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरि ब्रत बस्ने गर्दछन्। कतिपयलाई ज्ञान नहुनसक्छ बुधबार कुन देवताको पुजा गर्ने भन्ने । ‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो । यस दिन विशेष गरी कृष्णको अवतारको पूजा गरिन्छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/08/manav-Finel.gif)
पुजा गर्दा तुलसीको पातले गर्नुपर्दछ । कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ । साथै यस दिन कृष्ण भगवानको व्रत बस्नाले आफूले चाहेको फल पाउने जनविश्वाससमेत रहि आएको छ । साथै ज्योतिष शास्त्र अनुसार बुधबारको दिनमा पुरुष ससुराली जानु हुदैन र महिलाको अपमान गर्नु हुदैन भन्ने मान्यता रहेको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/nepal-s-yyy.gif)
कृष्णको पूजा गर्दा घिउ र दुध चढाउन आवश्यक रहेको छ । साथै ब्रत बस्दा दिउसो एक पटक दुधबाट बनेको परिकार खानु पर्दछ। बुध ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन नयाँ कामको थालनी गर्दा धेरै शुभ हुने विश्वास रहेको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2025/01/birta-h.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/12/kasham.gif)