Aamsanchar

आज ‘इदुल फित्र’ सार्वजनिक विदा

Author Image
बुधवार, जेठ २२, २०७६

काठमाडौं : आज नेपाल सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ‘इदुल फित्र’ का अवसरमा सार्वजनिक विदा दिएको छ । मन्त्रिपरिषद्को जेठ १० मा बसेको बैठकले यस पर्वका दिन विदा दिने निर्णय गृहमन्त्रालयले जारी गरेको विज्ञप्तीमा छ।

चन्द्रमाको अवलोकनका आधारमा इद मनाइने भएकाले मुस्लिम आयोगको पहलमा विभिन्न संस्थाको सोमबार बसेको बैठकले सरकारसँग बुधबार सार्वजनिक विदाको माग गरेको थियो। आयोगको सुझावलाई ध्यान दिँदै गृहमन्त्रालयले यो निर्णय गरेको हो।

 

नेपालमा कूल जनसंख्याको चार प्रतिशतभन्दा बढी मुस्लिम समुदायको बसोबास छ । इदुल फित्रका अवसरमा मुस्लिम समुदायका महिला र पुरुष मस्जिद तथा इदगाहमा जम्मा भएर इद मिलनको खुशी साटासाट पनि गर्ने गर्छन।

एक महिनासम्म दिनभरि कठोर उपवास व्रत (रोजा) बसी पाँच पटक नमाज पाठ गरेर मनाईने इदुल फित्र । साँझ चन्द्रमा (चाँद) देखेपछि रोजा समाप्तीको खुशियालीमा सबै जम्मा भएर नवाज पाठ गरी बधाई, शुभकामना आदनप्रदान र एकापसमा गला मिलाएर खुशियालीसँग यो पर्व मनाईने गरिन्छ । इद उल फित्र कतिपय ठाउँमा भने दुईचारदिन अघि पछीपनी समापन गरिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 352

प्रतिक्रिया (०)

सम्बन्धित खबर