बिर्तामोड,
करेन्ट लागेर झापामा सोमबार एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मेचीनगर नगरपालिका–९ का ४५ वर्षीय कृष्ण चौधरी रहेको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सोही वडाका मणिकुमार लिम्बूको घरमा रहेको कुखुरा फारममा बिजुलीको तार जोड्ने क्रममा चौधरीलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते भएका उनलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 114