Aamsanchar

मानसिक सन्तुलन गुमाएको हुनपर्ने, होईन भने राज्यवाट कार्वाही हुनुपर्छ : परशुराम बस्नेत

Author Image
बुधवार, जेठ २२, २०७६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता परशुराम बस्नेतले आफ्नो नाम जोडेर पत्रकारलाई धम्क्याइएको भन्दै आपत्ति प्रकट गरेका छन्।

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले बस्नेतको नाम जोडी पत्रकारलाई धम्की दिएकोप्रति उनले आपत्ति प्रकट गरेका हुन्। ‘मिडियाप्रति इटहरीका मेयर चौधरीबाट भएको व्यवहारको निन्दा गर्दछु,’ उनले भने। आफू राजनीतिक व्यक्ति भएकाले गैरराजनीतिक विषयमा विश्वास नगर्ने र आफूसँग यस विषयमा मेयर चौधरीसँग कुनै सम्पर्क नरहेको बस्नेतले बताएका छन ।

सोमबार साँझ सामाजिक संजाल फेसबुकमा समेत स्टाटस लेख्दै बस्नेतले मेयर चौधरीले आफ्नो नाम उच्चारण गरी पत्रकारलाई धम्की दिएको भन्ने भनाइप्रति आपत्ति जनाए। बस्नेतले लेखेको फेसबुक स्टाटसमा भनिएको छ ‘समाजिक संजाल र केही मिडियामा इटहरीका मेयरले मेरो नाम जोडेर पत्रकार मित्रलाई धम्क्याएको घटनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।’ उनले साइनो सम्बन्ध बेगर नै नाम जोडेर पत्रकारलाई धम्क्याउने काम मेयर चौधरीले गरेको भए उनले ‘मानसिक सन्तुलन गुमाएको हुनपर्ने’ उल्लेख गरेका छन्।

नेता बस्नेतले इटहरीका मेयर चौधरीलाई पार्टी र जनप्रतिनिधिको दुबैको जिम्मेवारीबाट बर्खास्त गर्न समेत माग गरेका छन्। उनले लेखेका छन्, ‘यस्ता अराजक जनप्रतिनिधिलाई राज्य र पार्टी दुबैबाट कारबाही गरी बर्खास्तसमेत गर्न जोड्दार माग गर्दछु।इटहरीकै पत्रकार विराट अनुपमलाई मेयर चौधरीले बारम्बार फोन गरी ‘परशुराम बस्नेतलाई सुपारी दिइसकेको र आफ्नो सुरक्षा आफै गर’ भन्दै धम्की दिएका थिए।

सोमबार दिउँसो १ बजेतिर फोन गरेरै मेयर चौधरीले परशुराम बस्नेतलाई आफूले परिचालन गरिसकेकाले सुरक्षित हुनु भन्दै धम्क्याएका थिए। उनले ‘तेरो नाकको हड्डी भाँचिदिन्छु’ भन्दै त्यसको लागि एक करोड तयार  र मान्छे पारिचालन गरिसकेको धम्की दिएका थिए। सोमबार साँझ पुनः फोन गरी मेयर चौधरीले पत्रकार अनुपमलाई परशुराम बस्नेतलाई आफूले सुपारी दिइसकेको दोहोर्‍याएका थिए। आफू कम्युनिष्टको कार्यकर्ता भएको सम्झाउँदै उनले कम्युनिष्ट पार्टीको कार्यकर्ता डिक्टेटर स्वभावको हुने बताएका थिए। 

 

अडियो सुन्नुहोस् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 224

प्रतिक्रिया (०)

सम्बन्धित खबर