अस्मिता अधिकारी र सागर अधिकारीको स्वर रहेको राखिदिए जिन्देगीको हरेक भन्ने गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाल आइडलकी अस्मिताले स्वर दिएको म्युजिक भिडियोको एलबममा युवा मोडल प्रहिल कार्की र अन्जिता कँडेलले मुख्य अभिनय रहेको छ। डा.डि आर उपाध्याय को शब्द मा बनेको गीतमा प्रेमीप्रेमीका बिचको प्रेम जीवनलाई आधारमा बनाएर संक्षिप्त कथावस्तुको म्युजिक भिडियोको डाइरेक्टर मोडल कार्की नै रहेको छ ।
म्युजिक भिडियोको सम्पादन माधव बेल्वासि, म्युजिक सागर अधिकारी, मिक्सिङ चन्द्र चौधरी, मास्टर रिङ प्रकाश मिश्र, कलाकार कविता र सन्दीप लगायत रहेको जनाइएको छ । डा.डी आर उपाध्यायले एकै साथ ७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त गरिसकेका छन् । डा. डीआरलाई जेठ पाँच एक विशेष समारोहमा पनि चार ओटा एभरेष्ट वल्र्ड रेकर्डका साथै ‘हिरो २०१९’बाट सम्मानित गरिएको थियो।
डी आर उपाध्यायका प्रणय, खम, माउन्टेन मेलोडी, नसालु नजर, जोहो, अन्तराप, प्रतिनाद, सहेली, ‘परिष्कृत, कृति, र पृथक जस्ता गीति एल्बम स्रोता/दर्शकमाझ आएका छन् । त्यस्तै उनक, अतिरिक्त, भाग्यचक्र, स्वार्थी, त्यागी, बज्रघात, अपवित्र छायाँ, बिटुली, दगाबाज, र अधुरो प्रेम जस्ता उपन्यास पाठक माझँ आइसकेका छन् ।