Aamsanchar

वडा अध्यक्ष चुडालले दिए १० लाख मुल्यको जग्गा

Author Image
शुक्रवार, जेठ २४, २०७६

नेत्र बिक्रम बिमली

र हल्दिबारी गाउँ पालिका ४ नम्बर वडा अध्यक्ष होम प्रसाद चुडालले खोपकेन्द्र भवन निर्माण गर्न १० लाख मुल्य भन्दा बढीको १० धुर जग्गा प्रदान गरेका छ्न ।

वडा नम्बर ४ को मङलबारे बजार क्षेत्रमा खोप केन्द्र भवन निर्माण गर्न प्रदेश सभासद पूर्णसिंह राजवन्सिले प्रदेश सरकारबाट रकम बिनियोजित गर्ने भएपछि चुडालले उक्त १० लाख मुल्य भन्दा बढीको जग्गा प्रदान गर्न लागेको बताएका छ्न ।

सामाजिक क्षेत्रमा सक्रिय चुडालले गाउँ पालिका बाट प्राप्त सेवा सुबिधा साथै आफुले पाएको मोटरसाइकल समेत फिर्ता गरेर जनता बिच लोकप्रिय बनेका छ्न ।

नेपाली काङ्ग्रेस बाट हल्दिबारी गाउँ पालिकामा प्रतिनिधित्व गर्ने एक मात्र जनप्रतिनिधि चुडालले यहाँका विद्यालय , संघ सस्था ,क्लब , मठ मन्दिरलाई लाखौंको सहयोग समेत गरेका छ्न ।

Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर