Aamsanchar

पश्चिम बंगालमा भाजपा र तृणमूलबीच झडप, ५ जनाको ज्यान गयो

Author Image
आइतवार, जेठ २६, २०७६

भारतको पश्चिम बंगाल लोकसभा निर्वाचनबाट शुरु भएको हिंसा अझै थामिएको छैन् ।

पार्टीका कार्यकर्ताहरु एक आपसमा भिड्दा शनिबार राति पाँच जनाको मृत्यु भएको छ । पश्चिम बंगालको उत्तर २४ परगना जिल्लामा भाजपा र तृणमूल पार्टीका कार्यकर्ताबीच झडप भएको हो । झडपमा गोली समेत चलेको र उक्त गोली लागेर पाँच जनाको मृत्यु भएको हो ।

भाजपाका नेताका अनुसार हिंसामा चार जना पार्टीका कार्यकर्ताको मृत्यु भएको छ । तृणमूलले पनि आफ्नो पार्टीका एक जना कार्यकर्ताको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । झडपमा अरु तीन जना गम्भीर घाइते भएका छन् ।

भाजपाका प्रदेश महासचिव सायतन बसुले तृणमूलका कार्यकर्ताले संदेशखली इलाकामा भाजपाको झण्डा निकालेर फाल्न खोज्दा झडप भएको बताए । बसुले गोली तृणमूलका कार्यकर्ताले चलाएको पनि दावी गरे ।

गोली लागेर भाजपाका सुकान्ता मण्डल, प्रदीप मण्डल र शंकर मण्डलको मृत्यु भएको हो । यस्तै तृणमूलका कयमू मुल्लाको पनि हत्या भएको छ । उनलाई भाजपाका कार्यकताले अपहरण गरि हत्या गरेको तृणमूल पार्टीका वरिष्ठ राज्यमन्त्री ज्योतिप्रियो मलिकले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर