(नेत्र बिक्रम बिमली)
हल्दिवारी ,जेठ २६ ।
जलथल जैविक बिबिधता ब्यबस्थापन छलफल तथा परिचयात्मक कार्यक्रम हल्दिवारि गाप स्थित श्री पाथीभरा कालिका सामुदायिक बन उपभोक्ता समुहको सभा हलमा सम्पन्न भएको छ ।
जलथल बन एशिया कै जैविक बिबिधता भएको बन भएको भन्दै यसको अध्यन अनुसन्धान शुरु गर्न लागिएको उक्त छलफल कार्यक्रममा जानकारी दिईएको हो ।
तीन बर्ष लगाएर गरिने अध्यन अनुसन्धानमा रोयल बोटानिक गार्डेन ,ड्राविन इन्टेभ ,फरेस एक्सन नेपाल ,काठमाडौ फरेस्टी कलेज तथा सामुदायिक बन उपभोक्ता महासङको साझेदार रहने छ भने आर्थिक सहयोग बेलायती सस्था ड्राविनको रहने छ । ४ करोड १७ लाख खर्च हुने बताईएको अनुसन्धानले जलथल जङ्गलको ६३ सय हेक्टर क्षेत्रफल तथा २२ वटा सामुदायिक बन भित्र रहेको जैविक बिबिधता बारे अध्यन अनुसन्धान गर्ने छ ।
उक्त छ्लफल कार्यक्रममा भद्रपुर नगर पालिका प्रमुख जीवन कुमार श्रेष्ठ ,हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेन ,जिल्ला बन डिभिजन कार्यलय प्रमुख बिस्णुलाल घिमिरे ,सामुदायिक बन उपभोक्ता महासङ केन्द्रिय सदस्य संगीत थापा ,निजिबन झापाका अध्यक्ष लक्षुमण पाठकले जलथल जैविक बिबिधता अध्यन अनुसन्धान बाट यश ठाउँलाई बिस्वभर चिनाउन सहयोग पुग्ने भन्दै आन्तरिक पथपर्यट्नको बिकासमा जोड दिएका थिए ।
जलथल जैविक बिबिधताको बारेमा अनुसन्धान कर्ताहरु डाक्टर भास्कर अधिकारी ,डाक्टर माया शर्मा पौडेल ,डाक्टर किरण पौडेल ,डाक्टर लिला शर्माले जानकारी दिनुभएको थियोे ।जलथल बन क्षेत्रमा जोडिएका २२ वटा सामुदायिक बनका प्रतिनिधि ,स्थानीय सरकारका प्रतिनिधि ,सञ्चारकर्मी ,सरोकारवाला लगायत १ सय भन्दा बढीको सहभागिता रहेको थियो ।
सामुदायिक बन उपभोक्ता महासघ झापाका जिल्ला अध्यक्ष बेद प्रकाश भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत छ्त्र पौडेलले गर्नु भएको थियोे भने कार्यक्रमको सहजीकरण कमल भण्डारीले गर्नु भएको थियो । भद्रपुर नगर पालिका ,हल्दिवारी गाउँ पालिका ,ब्राह्दशी गाउँ,पालिका ,कचनकवन गाउँ पालिका को बिच भागमा अबस्थित जलथल जङ्गल लाई संरक्षक गरि आन्तरिक ,तथा बाइयपर्यटक भितृयाउन सके यश ठाउको बिकासमा टेवा पुग्ने सहभागीहरुले बताएका छ्न