

भारतीय सीटिभी रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम आचार्य तेस्रो भएका छन् ।

कार्यक्रमको फाइनलमा आचार्य सेकेण्ड रनर अप भएका हुन् । अर्का नेपाली बालक आयुष केसी भने चौथो भएका छन् ।

फाइनलमा ६ जना पुगेका थिए । सुनसरीको इटहरी उपमहानगरपालिका ५ का प्रितमले अडिसनदेखि नै जजहरुलाई प्रभावित पारेमा थिए ।


Views: 256

