(नेत्र बिक्रम बिमली)
हल्दिबारी गाउँ पालिका ५ नम्बर वडा धनुषा स्कुल नजिकै बस्ने अन्दाजी ५५ बर्षिय विष्णुकुमार तामाङले आफ्नै भान्सा घरमा झुन्डिएर आत्माहत्या गरेको जलथल प्रहरी चौकीका प्रमुख असई एकराज फुयालले ओजानकारी दिनु भएको छ ।
मृतक तामाङ र उनकी श्रीमती मात्र बस्दै आएको र छोराछोरी काठमाडौ तिर रहेको अबस्थामा उनले आत्माहत्या गरेको खुलेको छ । मृतक तामाङ केही बर्ष देखि दम र प्रेसर को बिरामी रहेको छेमिकी हरुको भनाइ रहेको छ ।
मृतक तामाङ झुन्डिएको खवर पाउना साथ जलथल प्रहरी प्रमुख सहितको टोलि घटना स्थलमा पुगेको थियो ।तामाङले साँझपख भान्सा घरमा झुन्डिएर आत्माहत्या गरेको पारम्परिक अनुसन्धानमा खुलेको छ ।
मृतत विष्णुकुमार तामाङको सवलाई आवश्यक अनुसन्धान पछि जिल्ला प्रहरी कार्यलयको टोलिले पोस्टमाटको लागि राती नै मेची अञ्चल अस्पताल पठाएको जलथल प्रहरी प्रमुख फुयालले बताए ।
हल्दिवारी गाउँ पालिका क्षेत्रमा एक बर्षमा ७ जनाले आत्माहत्या गरेका छ्न भने २ जनाले आत्माहत्याको प्रयास गरेको तथ्यांकले देखाउछ ।आत्माहत्या सगै बलात्कार को घटना पनि हल्दिवारी क्षेत्रमा मौलाउदै गएको र १ बर्षमा ९ जना बलात्कारको सिकार भएको र ७ जनाको अनुसन्धान भइ रहेको छ भने २ वटा सार्वजनिक नगरि आपसी आर्थिक लेनदेनममा मिलाएको अनुसन्धान बाट खुलेको छ ।